10 years ago
March 24, 2016
दिपक बोहोरा ,पाँचथर
बैदेशिक रोजगारका कारण गाउ गाउका फुटबल क्लबहरु खेलाडी बिहिन हुदै गएका छन । खेलेर जीबीका चलाउन गाह्रो हुने भएकाले आफ्नो सुन्दर भबिष्यको सपना बुन्दै खेलाडीहरु बिदेश पलायन भए संगै क्लबहरु खेलाडी बिहीन हुदै गएका हुन । देशको कमजोर खेलकुद निति र खेलकुद प्रति राष्ट्रको नजर कम पर्नु खेलाडी पलायन हुनुको मुख्य कारण हुन । खेलेरमात्र आफ्नो भबिष्य नबन्ने हुदा खेलाडीहरु बिदेशिन बाध्य भएका हुन । उमेर र बल हुनजेल खेल्ने अनि पाको भए पछि के गर्ने ? यस्तै प्रश्नहरु गर्छ बिदेशिएका खेलाडीहरु ।
कुनै बेला ए देखि डि सम्मको टिम उत्पादन गर्ने पाँचथरको स्थानिय आरोहण क्लब सराङडााडा अहिले एउटा टिम पुराउन पनि गाह्रो भएको सो क्लबका सचिब सुर्य आङदेम्बे बताउनु हुन्छ। उसै गरी सदरमुककाम फिदिम भन्दा बाहिरको पाँचथरको चचिर्त क्लब रवि राइजिङलाई पनि खेलाडी जोगाउन गाह्रो भएको सो क्लबका अध्यक्ष गणेश दर्लामी मगर बताउनु हुन्छ । जिल्ला सदरमुकाममा रहेको फिदिम स्पोटिङ क्लबमा पनि खेलाडी पलायन समस्याको रुपमा रहेको छ । “खेलेरमात्र पनि नहुने रहेछ परिबार पाल्न पैसा कमाउनु नै पर्ने रहेछ” कुनै बेला आरोहण क्लब सराङडााडा बाट फुटबल खेल्ने हाल बेदेशिक रोजगारमा बिदेश गएका पुर्ण थेगीम बताउनु हुन्छ ।
बैदेशिक रोजगारमा गएका मात्र होइन अहिले गांउमानै भएकाहरु पनि खेल्न छाडेका छन। खेलेरमात्र भबिष्य नबन्ने भन्दै उनिहरु पनि बिस्तारै खेलकुदबाट टाढिदैछन। गांउ गांउका प्रतिभाहरु लाइ राष्ट्रले उचित ध्यान नदिदा दिनहु राम्रा प्रतिभाहरु पलायन हुदैछन। समयमा राष्ट्रिय लिग र जिल्ला लिग नहुदा क्लबहरु धरासायि बन्दै गएका छन। यसरी नै गांउका प्रतिभाहरु पलायन हुदै जाने हो भने गांउमात्रै होइन देशनै खेलाडी बिहिन नहोला भन्न सकिन्न। खेलडीहरुको क्षमताको उतिच मुल्याङकन गर्दै खेल्ने वातावरण सृजना गर्नु सम्बन्धित निकायको दायित्ब हो। खेलाडी देशका गहना हुन पलायन हुन रोकै खेलेर भबिष्य बन्छ भन्ने वातावरण सृजना गरै।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]