7 years ago
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल बक्सिङ क्लबले प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले ४ स्वर्ण ६ रजत जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । २ स्वर्ण जितेको काठमाडौं बक्सिङ क्लब दोस्रो भए ।

प्रतियोगितामा यु–१९ महिलातर्फ नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनल उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । यु–२४ को महिलातर्फ अल्फाकी लक्ष्मी मगर र पुरुषतर्फ काठमाडौैं बक्सिङ क्लबका दिनेस राईले उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । उत्कृष्ट सबैले जनही १० हजार पाए ।
आइतबार भएको महिला यु–२४ को ४८ केजीमुनि धनकुटाकी बिस्मिता राईले बक्समाण्डुकी सपना गुरुङलाई अंकको आधारमा हराउँदै च्याम्पियन बनिन् । सोही उमेर समूहको ५७ केजीमुनि अल्फा ट्रनिङ सेन्टरकी लक्ष्मी घर्तिमगरले नक्सालकी शिवानी श्रेष्ठलाई हराउँदे च्याम्पियन भइन ।
पुरुष यु–२४ को ४९ केजीमुनि काठमाडौं बक्सिङ क्लबको दीपेश राई सुनसरीका विशाल राईलाई हराउँदै च्याम्पियन भए । ५२ केजीमुनि ललितपुरका बुद्धग्याम्जो लामाले केन्द्रीय बक्सिङ क्लबका जीवनकुमार पुनलाई तथा ५६ केजीमुनि भक्तपुरका सुजन पौडेलले कास्की पूरन रास्कोटीलाई हराउँदे च्याम्पियन भए ।
पुरुषकै ६० केजीमुनि नक्सालका मौसम रानामगरले जिमखानाका करण बज्राचार्यलाई तथा ६४ केजीमुनि कास्कीका पवन गुरुङले नक्साल क्लबका विवेकवीर सिंहलाई स्तब्ध बनाउँदै च्याम्पियन भए ।
६९ केजीमुनि रेज फटनेसका कोशिष श्रेष्ठले जिमखानाका अनमोल घलेलाई तथा ७५ केजीमा दाङका गणेश बिकले टीकाथलीका प्रिन्स खड्कालाई हराउँदे च्याम्पियन भए । पुरुषकै ८१ केजीमुनि कञ्चनपुरका मायाप्रकाश पन्तले बोसीगाउँका प्रसान्त महर्जनलाई हराउँदै च्याम्पियन भए ।
महिला १९ वर्षमुनिको ४८ केजी मुनिको फाइनल खेलमा नक्साल ए की रमिसा श्रेष्ठले अल्फाकी सुसिला थापालाई हराउदै स्वर्ण जितिन् । ५१ केजीमा नक्साल बी की सुमिना खड्काले नक्साल ए की तेजी गुरुङलाई हराउदै स्वर्ण जितिन् । ५४ केजीमा बानुजकी सज्ञा लोहनीले नक्सालकी लाक्का दिकी सेर्पालाई हराउदै स्वर्ण जितिन् र ६० केजी तौलको उपाधि भिड्न्तमा नक्साल ए की एलिसा खड्गीले मेघदुतकी सिवानी श्रेष्ठलाई हराउदै स्वर्ण जितिन् ।
पुरुष १९ वर्षमुनिको ४९केजीको फाईनल खेलमा मकवानपुरका जबिन पाख्रिनले नक्साल ए का रबिन थापालाई पराजित गदै स्वर्ण जिते । ५२ केजी तौलको उपाधि भिड्न्तमा नक्साल ए का अमर गुरुङले कैलालीका निर्मल सुबेदीलाई पाखा लगाउदै स्वर्ण जिते । ५६केजीको फाईनल खेलमा नक्साल ए का अमन अलीले बक्समाण्डुका आसिस तामाङलाई पराजित गरे ।
६० केजीमा बाँकेका इन्द्रवहादुर सुनुवारले नक्साल ए का सन्देस राजभण्डारीलाई पराजित गदै स्वर्ण जिते । ६४ केजी तौलमा काठमाडौ बक्सिङ क्लबका योमेस तामाङले बोसीगाउंका रजित महर्जनलाई पराजित गदै स्वर्ण जिते ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]