10 years ago
March 27, 2016
काठमाडौं, चैत १४
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बन्ने हिटिङ पौडी पोखरीको डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गर्न नेपाल पौडी संघ र टिसा ज्वेलर्सबीच आइतबार सम्झौता भएको छ ।

नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य र टिसाका प्रमुख कार्यकारी अधिकृत सागर शाक्यले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार टिसाले डिपीआर तयार गर्न लाग्ने १० लाख खर्च व्यहोर्ने भएको छ । डिपीआर तयार गर्ने जिम्मा जोन स्यान्डी एसोसिएसनलाई दिएको छ ।
सोको सम्झौता पत्रमा पनि आइतबारै हस्ताक्षर भयो । स्यान्डीका कार्यकारी निर्देशक सुरेन्द्र वज्राचार्य र टिसाका प्रमुख कार्यकारी निर्देशक शाक्यले सोही कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
स्यान्डीले बैशाख मसान्त भित्र डिपीआर तयार गरी उपलब्ध गराउने र त्यसपछि निर्माण कार्यलाई अगाडि बढाइने अध्यक्ष वज्राचार्यले जानकारी गराए । दुई वर्षभित्र हिटिङ पौडी पोखरी तयार गर्ने लक्ष्य रहेको वज्राचार्यले बताए ।
हिटिङ पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् र पौडी संघबीच गत भदौ ५ गते सम्झौता भएको थियो । अध्यक्ष वज्राचार्यका अनुसार कुल लागतको ८० प्रतिशत नेपाल सरकारले व्यहोर्ने छ भने बाँकी २० प्रतिशत पौडी संघले व्यवस्थान गर्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]