10 years ago
March 28, 2016
काठमाडौं, चैत १५
तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीकौ एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरआत गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एपिएफले पश्चिमाञ्चललाई तथा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई पराजित गर्दै विजयी सुरुआत गरेको हो । एपीएफले २५–१०, २५–१९ र २६–२४ को सोझो सेटमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई पराजित ग¥यो । अर्काे खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई २५–११, २५–१४ र २५–०९ ले पराजित ग¥यो ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन भएको प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम गरी कूल पाँचवटा टिमको सहभागिता रहेको छ । न्यू डायमण्ड एकेडेमीले भने प्राविधक कारण देखाउदै उक्त खेल खेलेको छैन ।
प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेलाई नगद एक लाख २५ हजार रुपैयाँ र तृतीय हुनेलाई नगद ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिनुका साथै उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई समेत जनही पाँच÷पाँच हजार रपैयाँ पुरस्कारको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिले जनाएको छ । लिगकम नकआउटका आधारमा १९ गतेसम्म चल्नेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]