default_image

10 years ago

March 29, 2016

राष्ट्रिय लिग भलिबल झापामा हुने

213 views

0 Bookmark

काठमाडौं, चैत १६
सर्वाधिक पुरस्कार राशिको तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता बैशाख पहिलो साता झापाको धाईजन–दुवागढीमा हुने भएको छ ।

v1नेपाल भलिबल संघ र विहानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजना वैशाख २ देखि ५ सम्म सञ्चालन हुने प्रतियोगितामा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघ, मध्यमाञ्चल क्षेत्रीय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रसहित आठ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारीे गरायो ।

प्रतियोगिताको विजेताले ३ लाख १५ हजार,उपबिजेताले १ लाख ७५ हजार तथा तेस्रो हुनेले १ लाख १० हजार रुपैया प्राप्त गर्नेछन् । त्यस्तै सर्वाेत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले बताए । अध्यक्ष तामाङले प्रतियोगिताको लागि आर्मी क्लबले आयोजना गरेको प्रधानसेनापति कप भलिबल प्रतियोगितालाई आधार मानेर टिम छनोट गरिएको बताए ।

प्रतियोगितामा एक टिमबाट चार विदेशी खेलाडीलाई अनुबन्धन गर्न सकिने आयोजक नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च लाग्ने विहानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका सचिव नरेश मोहराले बताए ।
प्रतियोगिताको दोश्रो पुरस्कारको सौजन्य आफ्नी छोरी रंजना कन्दङ्गवा(योङ्गहाङ) को स्मृतिमा बुवा रामकुमार कन्दङ्गवाले गरेका छन् । प्रतियोगिताको मुख्य प्रायोजन सोनिया घर घडेरी खरिद बिक्री केन्द्र, दुवागढीका सञ्चालक नरेन्द्र मेचेले गरेका हुन् । कार्यक्रममा नेपाल भलिबल संघका सचिवद्धय टिएस ठकुरी, मदन खड्का, सदस्य लेखनाथ न्यौपानेलगायत झापा जिल्ला भलिबल संघका सदस्यहरुको उपस्थिति रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.