7 years ago
December 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्षेनी आयोजना गर्दै आएको एनएनआइपिए वर्ष सर्वाेत्कृष्ट खेलाडीले जनही १ लाख पुरस्कार पाउने भएका छन् ।

आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सर्वाेत्कृष्ट मध्येको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १–१ लाख पुरस्कार पाउने जानकारी गराए ।
यसका लागि एनएनआइपिएले आइतबारै जनता बैंक लिमिटेडसँग १० लाख रुपैयामा पाँच वर्षे प्रायोजन सम्झौता गरेको छ । वर्षको सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार रकम जनता बैंकले प्रदान गर्नेछ । यो प्रायोजन रकम जनता बैंकले पाँच वर्षसम्म प्रदान गर्नेछ ।
सम्झौतामा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका सहायक सिइओ अजय मिश्रले हस्ताक्षर गरे । सम्झौतापछि बैंकका सहायक सिइओ अजय मिश्रले एनएनआएपिए अवार्डसँग जोडिन पाउदा खुशी लागेको र यसलाई निरन्तरता दिदै जाने बताए ।
एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले एनएनआइपिए अवार्डको दायरा विस्तारै बढ्दै गएको र जनता बैंकको साथले झनै उत्साह मिलेको बताए ।

एनएनआइपिए अवार्ड यही पुस १३ गते ललितपुर महानगरपालिकास्थित ललितपुर संग्रहालयमा हुनेछ । प्रतियोगितामा विभिन्न २९ खेलका १–१ जना खेलाडीहरु सम्मानित हुनेछ । यही सर्वाेत्कृष्ट मध्येबाट १–१ जना खेलाडीबाट सर्वोत्कृष्ट खेलाडी चुनिनेछ ।
सोही अवार्ड समारोहमा १ जना आदर्श खेलाडी, तथा एक जना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]