10 years ago
April 22, 2016
काठमाडौं । नेपाली कराँते खेलाडी सुनिल लामा अमेरिकाको डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियोबाट अमेरिकाको न्यूयोर्कमा हुन लागेको हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा खेल्ने पक्का भएपछि उनी अमेरिकी डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । उक्त च्याम्पियनसिपमा लामासँगै जनकसिंह खड्काले पनि प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिप अप्रिल २४ मा हुदैछ ।
च्याम्पियनसिप पश्चात मे १४ मा क्यानडाको मोन्टेरियलमा आयोजाना हुने मोन्टेरियल खुला कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाउने लामाले जानकारी गराए । च्षमिपयनसिपमा लामाले ६० केजीमुनि प्रतिस्पर्धा गर्नेछ ।
इचंगु ७ रानीवनमा अहिलेको नागार्जुन नगरपालिकामा वि.स.०४३ मा जन्मिएका लामा ६ वर्षकै उमेरमा बालाजु कराँते डोजोमा भर्ना भएका थिए । लामा बालाजु कराँते डोजोका दोस्रो ब्याच हुन् । सन् १९९६ मा नेपालमै भएको ५ देश सम्मिलित प्यानाथोलन प्रतियोगितमा मै पहिलोपटक उनले नेपालका लागि अन्तर्राष्ट्रिय पदक दिलाएका थिए ।
२२औं वल्ड कराँते च्याम्पियनसिप, जर्मन, ३८ औँं एपिएस कराँते च्याम्पियनसिप, हङकङ, ग्रान्ड फिनाले कराँते प्रिमियर लिग च्याम्पियनसिप, अष्ट्रिया, सातौ विश्व सितारियो कराँते च्याम्पियनसि, जापान, सिंगापुर ओपन कराँते च्याम्पियनसिप, टी ९ सेन्ट्रल इङ्ल्याण्ड ओपन कराँते च्याम्पियनसिप लगायतका अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक जितेका थिए ।
यस्तै लामाले पाँचौ राष्ट्रिय खेलकुदमा रजतपदक जितेका थिए । त्यसलाई सुधार्दै लामाले छैटौ राष्ट्रिय खेलकुदमा पनि स्वर्णपदक दिलाएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]