7 years ago
February 19, 2019
पोखरा(हाम्रो खेलकुद)- सहारा क्लब पोखराले १७औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।

आयोजक सहारा क्लब पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भएपनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको साख जोगाइराख्ने पक्षमा रहेको क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य बताए ।
१० टोलीको सहभागिता प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ८ लाख १ हजार रूपैया हात पार्नेछन् । दोस्रो हुनेले ४ लाख १ हजार रूपैयाँ पाउनेछन् । पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले मोफसलको सबैभन्दा चर्चित फुटबल प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशि वृद्धि गर्दै आएको जानकारी दिए । गत संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएका थिए ।
फागुन ९ देखि १८ फागुनसम्म हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, थ्री स्टार क्लब, आयोजक सहारा क्लब पोखरा, क्यामरुनको डाफिन्स फेमिली टिम फुटबल क्लब र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउने क्लब महासचिव विश्वराज बरालले बताए ।
प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ । यस्तै सर्वाधिक गोलकर्ता खेलाडीले २५ हजार साथमा ट्रफी पाउनेछ ।
आयोजकले एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गर्ने तयारी समेत गरेको छ । उद्घाटन खेल आयोजक सहारा क्लब र एपीएफबीच हुनेछ ।
मोफसलको प्रतिष्ठित सहारा क्लब पोखराले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी १६ जिल्लाका विपन्न तथा कठिन परिस्थितिका २८ जना बालकलाई फुटबल सिकाउँदै आवासीय सुविधा दिएको छ । आहा रारा १७ औं संस्करण भएपनि क्लबले सुरुवातमा क्याराभानसहित आयोजना गरेको यो १८औं संस्करण हो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]