default_image

7 years ago

March 9, 2019

सुन्दरभक्तको अध्यक्षतामा एनआरटीमा नयाँ कार्यसमिति

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब काठमाडौं खेल मन्डल न्युरोड टिम (एनआरटी) मा सुन्दर नरसिंह जोशीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

एनआरटीको शनिबार भएको चुनावी साधरणसभाले सुन्दर नरसिंह जोशीको अध्यक्षतामा २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा योगम्वर सुवाल, द्धितीय उपाध्यक्षमा नवीन सुवाल र तृतीय उपाध्यक्षमा गौतम मालाकार रहेका छन् । महासचिवमा नरेन्द्रमान श्रेष्ठ, सचिवमा डिकेन सुवाल र कोषाध्यक्षमा अनुज सिंह प्रधान निर्वाचित भए ।

सदस्यमा सुरेन्द्रकुमार श्रेष्ठ, सर्वज्ञा रत्न मानन्धर प्रज्वल कान्त मैनाली, राजु केसी र सुन्दर थापा चयन भए । यस्तै सतिश कृष्ण श्रेष्ठ, राजेन्द्र शाक्य, हरिओम श्रेष्ठ, किरण शम्शेर राणा र सुनिल भक्त जोशी निर्वाचित भए । यसअघि क्लबको अध्यक्षमा दीपकहर्ष बज्राचार्य रहेका थिए ।

नयाँ कार्यसमितिले ‘ए’ डिभिजन लिग फुटबलमा राम्रो प्रदर्शन गर्ने योजनाका साथै अन्य विविध सामाजिक कार्यलाई पनि सँगै लैजाने बताएको छ । क्लबले फुटबलका साथै अन्य विविध सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.