default_image

7 years ago

March 27, 2019

पुर्व च्याम्पियन रीताद्धारा सन्यासको घोषणा

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टेबल टेनिसकी पुर्व नेपाल च्याम्पियन्स रीता मुखर्जी शाहले बुधबार खेल जीवनबाट सन्यास घोषणा गरेकी छिन् ।

पुर्व च्याम्पियन ७४ वर्षीय रीताले राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेकी हुन् ।

‘मेरो खेल जीवनलाई सफल बनाउन सहयोग गर्ने परिवार, खेलाडी र प्रशिक्षक सबैमा आभार व्यक्त गर्न चाहन्छु,’ सन्यास घोषणा गर्दै शाहले भनिन्, आजकै दिनबाट मैले खेल जीवनबाट सन्यास घोषणा गर्दछु । टेबल टेनिस खेलको निरन्तर विकासको कामना गर्दछु ।’

१५ बर्षकै उमेरमा शाह महिलातर्फ नेपाल च्याम्पियन बनेकी थिइन् । उनी लगातार पाँच वर्ष नेपाल च्याम्पियन बन्न सफल भएकी थिइन् । शाह वि.स. २०१५ देखि २०२० सम्म लगातार पाँच बर्ष नेपाल च्याम्पियन बनेकी थिईन् ।

उनी टेवल टेनिसबाट विदेशमा प्रतियोगिता खेल्न जाने पहिलो नेपाली महिला खेलाडी तथा १५ वर्षकै उमेमा ओलम्पिक खेल्ने महिला खेलाडी समेत बनिन् । रीताले चीनको बेइजिङमा भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गरेकी थिईन् । त्यसपछि भने उनले पारवारिक व्यस्तताका कारण केही वर्ष खेल त्यागेपनि पछि खेलको मायाले भेट्रान्सतर्फ खेल्न थालेको बताइन् ।

नेपाल राष्ट्र बैंकमा जागिरे भएपछि उनले अन्तर संस्थान भेट्रान्स टेवल टेनिसमा लगातार २० वर्ष च्याम्पयन बन्न सफल भएकी थिइन् । शाहले दुई बर्षअघि भारतको गोवामा सम्पन्न अन्तर्राष्ट्रिय भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिईन् ।

उनले खेलको शुरुवात गर्दा अन्तर्राष्ट्रिय खेलबाटै गरेको र सन्यास लिदा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु संयोग रहेको बताइन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.