default_image

7 years ago

April 27, 2019

प्रिन्सलाई थाइल्यान्डमा पदक पक्का

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ मा पदक पक्का गरेका छन् ।

प्रिन्सले यु–१७ तर्फ शनिबार बिहान भएको क्वाटरफाइनलमा तेस्रो वरीयता प्राप्त थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेसँगै पदक पक्का गरेको उनका प्रशिक्षक तथा व्यवस्थापक कमलेस निरौलाले हाम्रो खेलकुदलाई जानकारी गराए ।

उनले थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २१–१३ र २१–१६ को सोझो सेटमा हरायो ।
योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ मा यु–१९, यु–१७, यु–१५, यु–१३, यु–११, मिक्स डबल्स् र डबल्स्मा २२ राष्ट्रका करिव १ हजार ९ सय खेलाडीको सहभागिता रहेको छ । यु–१७ मा २५६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रिन्स छनोट चरणदेखि नै जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् । अब उनले सेमिफाइनलमा आजै भारतका विकास यादवसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक निरौलाले जानकारी गराए ।

प्रिन्सले यसअघि दुवई इन्टरनेशनलमा पनि ब्वाइज यु–१७ मा उपाधि जितेका थिए । यसै साता दाङमा सम्पन्न आठौं अन्र्तगतको ४०औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष टिम इभेन्टको एकल खेलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङलाई पराजित गर्दै सनसनी मच्चाएका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.