7 years ago
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ मा रजत पदक जितेका छन् ।

थाइल्यान्डमा आइतबार बिहान भएको फाइनलमा प्रिन्स भारतका यु–१७ का शीर्ष वरीयताका गन्धहाम प्रनभ राओसँग २–० को सोझो सेटमा पराजित भएपछि रजतमा चिक्त बुझाउनु परेको हो । यसअघिका खेलमा जस्तै फाइनलमा प्रिन्सले सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा २१–१५ र २१–१२ को सोझो सेटमा पराजित हुन पुगेको थियो ।
यद्दपि च्याम्पियन गन्धहाममाथि ओभर एज रहेको अनुमान गरिएको छ । उनको दुई थरी जन्म सर्टिफिकेट फेला पारेको र उनीमाथि अनुसनधान भैरहेको प्रिन्सका प्रशिक्षक तथा व्यवस्थापक कमलेस निरौलाले हाम्रो खेलकुदलाई जानकारी गराए ।
गन्धहामको एक जन्म सर्टिफिकेटमा ११ जनवरी २००५ र अर्काे जन्म सर्टिफिकेटमा २००४ रहेको पाइएको हो । गन्धहाम गोपीचन्द एकेडेमीका विद्यार्थीै हुन् । प्रतियोगिताको सचिवालय प्रमुख ओमर रसिदले एक प्रतियोगितामा एकै खेलाडीको दुई जन्म सर्टिफिकेटको केस पर्नु गम्भीर विषय रहेको बताएका छन् । उनी कम्तीमा पनि १८ वर्षको रहेको देखिएको सचिवालयले उल्लेख गरेको छ ।
२२ राष्ट्रका २५६ खेलाडी सहभागी यु–१७ मा प्रिन्स फाइनलमा पुग्नुलाई निकै महत्वका साथ हेरिएको छ । यसै प्रतियोगितामा प्रिन्सले लगतार ७ खेलमा जित हात पार्दै फाइनलसम्म पुगन सफल भएका थिए ।
यसअघि प्रिन्सले गत वर्ष दुवई इन्टरनेशनल सिरिजमा यु–१५ तर्फ उपाधि जितेका थिए ।
प्रिन्स अब थाइल्यान्डबाटै इन्डोनेसिया प्रस्थान गर्ने प्रशिक्षक निरौलाले जानकारी गराए । प्रिन्सले इन्डोनेसियामा ब्वाइज यु–१९ मा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि ४ मे मा नेपाल फर्कने तालिका रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]