7 years ago
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका बास्केटबल टिम राजधानीमा होम एन्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको प्ले अफ नजिक पुगेको छ ।

आइतबार घरेलु मैदानमा भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७८–७६ को स्कोरमा पराजित गर्दै प्ले अफ नजिक पुगेको हो ।
बुढानिलकण्ठले अवे मैदानमा शनिबार ७४–६८ को जित निकालेको थियो । ८ टोली सहभागी रहेको लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने प्रावधान छ । एक खेल खेल्न बाँकी रहँदा बुढानिलकण्ठ १३ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
बुढानिलकण्ठले २० जेठमा दि रोयल बास्केटबल टिमसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जित हात पारेको खण्डमा र अन्य टोलीहरुले खेल गुमाएको अवस्थामा बुढानिलकण्ठले प्ले अफमा स्थान बनाउनेछ ।
पहिलो क्वाटरमा बुढानिलकण्ठ १६–१९ ले पछि परेको थियो । दोस्रो क्वाटरमा २२–११ को अग्रता बनाएपछि बुढानिलकण्ठले ३८–३० को अग्रता लिएको थियो । तेस्रो क्वाटरमा १५–२६ ले पछि परेपछि बुढानिलकण्ठ समग्रमा ५३–५६ ले पछि पर्दा खेल निकै रोमाञ्चक बनेको थियो । निर्णायक क्वाटरमा ५ अंक (२५–२०) को अग्रता लिएपछि समग्रमा बुढानिलकण्ठले ७८–७६ को जित निकाल्यो ।
बुढानिलकण्ठको रोमाञ्चक जितमा सौरभ श्रेष्ठले ३२ स्कोर गर्दै ९ रिवाउन्ड र २ स्टिल गरे । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए । टाइम्स ११ खेलबाट अपराजित रहँदै २२ अंक जोडेर शीर्षस्थानमा रहँदा एक खेलमा हार बेहोरेको आर्मी १० खेलबाट १९ अंकसहित तेस्रो स्थानमा छ ।
१२ खेलबाट १८ अंक जोडेको पुलिस चौथो तथा ११ खेलबाट १६ अंक जोडेको साविकको विजेता गोल्डेनगेट पाँचौ स्थानमा रहेको छ । कीर्तिपुर, रोयल र साउथ साइडर्स छैटौ देखि आठौं स्थानमा छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]