default_image

7 years ago

May 27, 2019

टाइम्सको पहिलो हार

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा पहिलो हार बेहोरेको छ ।

टाइम्सले साविकको उपविजेता त्रिभुवन आर्मी क्लबसँग १ अंकको अन्तरमा पराजित हुदै लिगमा पहिलो हार बेहोरेको हो ।

आर्मीको कोर्ट भद्रकालीमा भएको प्रतिस्पर्धात्मक खेलमा टाइम्स ६७–६६ को अन्तरमा पराजित भएको हो । यसअघि टाइम्सले घरेलु मैदानमा आर्मीलाई अतिरिक्त समयमा २३–१६ को अग्रता लिदै १०३–९६ को अन्तरमा पराजित गरेको थियो ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वाटरमा आर्मीले २०–१९ को लिएको थियो । दोस्रो क्वाटरमा दोस्रो क्वाटरमा टाइम्स १५–१४ ले अग्रता लिदा खेल ३५–३५ को बराबरीमा पुगेको थियो । तेस्रो क्वाटरमा आर्मीले पुनः १६–१३ को अग्रता लिएको थियो ।

निर्णायक क्वाटरमा टाइम्सले १९–१७ को अग्रता लिएपछि समग्रमा हार टार्न सकेन । आर्मीको जितमा विनोद महर्जनले २३ स्कोर गरे । उनले ५ रिवाउन्ड, ३ स्टिल र २ असिस्ट गरे । उनी नै खेलको म्यान अफ दि म्याच घोषित हुदै ३ हजार रुपैया पाए ।

जितसँगै आर्मीं लिगको दोस्रो स्थानमा उक्लिएको छ । २ खेल बाँकी रहँदा टाइम्स २३ अंक जोडेर शीर्षस्थानमा रहँदा ३ खेल बाँकी रहेको आर्मीको २१ अंक पुगेको छ । बुढानिलकण्ठ २० अंकसहित तेस्रो स्थानमा छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.