7 years ago
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

अघिल्लो दिन विभागीय त्रिभुवन आर्मी क्लबसँग पराजित भएको टाइम्सले मंगलबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ७०–६३ को अन्तरमा पराजित हुदै लगातार दोस्रो हार बेहोरेको हो ।
घरेलु कोर्टमा मंगलबार बिहान भएको खेलको पहिलो क्वाटरमा पुलिसले १७–१० को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा पनि पुलिसले २०–१५ को अग्रता बनाउदै सहज जिततर्फ अग्रसर बनेको थियो । तेस्रो क्वाटरमा टाइम्सले १६–१० ले अग्रता लिदै खेलमा फर्कने प्रयास गरेपनि चौथो क्वाटरमा २३–२२ ले पराजित हुदै ७०–६३ ले पराजित हुन पुग्यो ।
पुलिसको जितमा २० अंक, १२ रिवाउन्ड र २ असिस्ट गरेका खालिद मेहमद अकास खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।
हारपछि पनि टाइम्स १ खेल बाँकी रहँदा २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पराजित गरेको पुलिस २० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान २० अंक नै भएपनि बुढानिलकण्ठ चौथो स्थानमा रहेको छ । दुवै टोलीले समान १ खेल खेल्न बाँकी छ ।
दोस्रो स्थानमा रहेको आर्मीको २१ अंक रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]