7 years ago
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार तथा साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ ।

कीर्तिपुरमा भएको खेलमा आर्मीले घरेलु टोली एएनके कीर्तिपुर बास्केटबल टिमलाई ८९–७७ को अन्तरमा पराजित गर्दै शीर्षस्थानमा उक्लियो । आर्मीले २४–२३, २०–१६, २०–२० र २५–१८ को जित निकाल्यो । आर्मीको सहज जित रविन खत्रीले २७ अंकको योगदान दिए । उनी नै खेलको म्यान अफ दि म्याच हुदै ३ हजार रुपैया पाए ।
गोल्डेनगेट, नेपाल पुलिस क्लब र बुढानिलकण्ठमध्ये दुई टोलीले प्ले अफमा स्थान बनाउनेछ । तीनै टोलीको समान २० अंक रहँदा सबैले समान १ खेल खेल्न बाँकी छ । पुलिसले दि रोयलसँग बुधबार प्रतिस्पर्धा गर्दा गोल्डेनगेट र बुढानिलकण्ठबीचको खेल बिहीबार हुनेछ ।
दुई चरणको लिगपछि आर्मी १४ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहँदै प्ले अफमा पुग्न सफल भएको हो । टाइम्स २६ अंक जोडेर दोस्रो भयो । प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।
तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् । विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्रि कै आधारमा खेलाइनेछ । फाइनलमा एक खेल मात्र हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]