default_image

7 years ago

June 7, 2019

एभीएम र सुनखरी सेमिफाइनलमा

289 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभीएम र सुनखरी सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एभीएमले ब्लुबर्डलाई ३–० तथा सुनखरीले डिपीएसलाई ३–१ को सेटमा पराजित गरे । सोही स्पर्धामा युरो किड्स र पब्लिक एकेडेमी पनि सेमिफाइनलमा पुगे ।

यु–१४ ब्वाइज सिंगल्समा पुष्पसदनका सिद्धार्थ तामाङ, पब्लिकका सरुण श्रेष्ठ, डिपीएसका रिहान्त बस्नेत र पब्लिकका नवराज राई सेमिफाइनलमा पुगे । उक्त स्पर्धाको गल्र्समा एभीएमकी इभाना थापा मगर, जनकनाथकी इना डंगोल, प्रभातमी आरती सुवाल र प्रोक्सिमाकी दिया देउला सेमिफाइनलमा पुगे ।

यु–१६ ब्वाइज सिंगल्समा एभीएमका विशाल गोले, युरो किड्सका विश्व बानियाँ, एभीएमका रुविन महर्जन र एभीएमका सुजन गडाल सेमिफाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा एभीएमकी समिरा श्रेष्ठ, प्रभातकी कृतिका तामाङ, ब्लुबर्डकी प्रनिका कुँवर र जुगलकी अशिका थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.