6 years ago
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउ शहरमा जारी ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा नेपाली खेलाडीले निराशजनक प्रदर्शन गरेका छन् ।

नेपालले मिक्स टिम इभेन्टस्मा चीनसँग ५–० ले पराजित भएको हो । नेपाल मिक्स टिम इभेन्टको सबै खेलमा पराजित भएको हो ।
मिक्स डबल्समा प्रफुल महर्जन र सीमा राजवंशीको जोडी चीनका डि जि झियान र लि यि झिङको जोडीसँग २१–४ र २१–३ ले पराजित भयो । ब्वाइज एकलमा प्रिन्स दाहाल लि युन झिसँग २१–८ र २१–६ ले पराजित भए । गल्र्स एकलमा जेसिका गुरुङ डाई वाङसँग २१–३ र २१–१ को सोझो सेटमा पराजित भइन् ।

ब्वाइज डबल्र्समा प्रिन्स र प्रफुलको जोडी चिनिया दाई यिन हि र फिङ यान जिसँग २१–९ र २१–५ ले पराजित भए ।
एसियाको जुनियर खेलाडीहरुको महाकुम्भ मेला ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ युवा सनसनी प्रिन्स दाहाल र प्रफुल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशी रहेकी छिन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]