6 years ago
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरिय प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा किर्तिपूरस्थित अडिटोरियमहलमा भएको च्याम्पियनसिपको छात्र यु – १४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३ र २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्याकलाई २१–१६ र २१–७ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
स्कुल टु ओलम्पिक भन्ने नारालाई आत्मसाथ गर्दै स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको छात्रातर्फ ब्रिटिस स्कुलकी साम्भवी पालक र ग्यालेक्सी स्कुलकी निमा यान्जी शेर्पा पनि फाईनल प्रवेश गरेका छन् । पालकले क्यानभासकी ईमेक लुना लावतीलाई २१–९ र २१–६ ले तथा शेर्पाले पाँगा स्कुलकी सोफिया महर्जनलाई २१–१० र २१ – १२ ले पराजित गरे ।
यस्तै यु–१२ छात्रतर्फ भ्याली भ्यूका संक्षम ढकाल र बुद्ध ईन्टरनेशनलका ककेश सत्याल पनि फाईनल प्रवेश गरे । ढकालले लिशा स्कुलका श्रेयास रन्जितकारलाई २१–१२ र २१–८ ले तथा सत्यालले एनएमई का विश्वास बुढाथोकीलाई २१–१३ र २१–१६ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।
यस्तै छात्रातर्फ ब्रिटिस स्कुलकी साम्भवी पालक र ग्यालेक्सी स्कुलकी श्रेया जे. शेर्पाले पनि उपाधी भिडन्त गर्ने भएका छन् । पालकले सेन्ट जेभियरका प्रनिषा श्रेष्ठलाई २१–७ र २१–४ तथा शेर्पाले केन्द्रिय बिद्यालयकी प्रिशा सिंहलाई २१–७ र २१–८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]