6 years ago
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयोग कपालीले भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिप अन्तरगत ब्वाइज सिंगल्र्समा जित निकालेको छ ।

गुजरातमा सोमबार भएको खेलमा संयोगले संयुक्त अरब इमिरेट्स (युएई) का मोक्स तानेजालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि मिक्स इभेन्टमा एलेन महर्जन र समिरा श्रेष्ठको जोडीले युएईकै भिरेश्वर गुरुराज पटिल र दिया थक्करको जोडीलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
संयोगले पहिलो सेटमा ११–५ को सहज जित निकालेको थियो । तानेजामाथि खेलमा हावी भएको संयोगले दोस्रो सेट ११–७ र तेस्रो सेट ११–८ ले आफ्नो पक्षमा पार्दै जित हात पार्न सफल भयो ।
अगष्ट १३ देखि २१ तारिखसम्म हुने च्याम्पियनसिपमा अब नेपालले ब्वाइज र गल्र्स सिंगल्स खेल्न बाँकी छ ।
च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको थियो । टोली प्रमुखमा विशाल खड्का तथा प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य, सिक्का सुवाल श्रेष्ठ र एलेक्स महर्जन रहेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]