default_image

6 years ago

August 23, 2019

एनबिएल इस्ट बिराटनगरको उपाधि इस्टर्न स्विसलाई

223 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि इस्टर्न स्विसले नेपाल बास्केटबल लिग थ्रि बाई थ्रि इस्ट अन्तर्गत बिरानटगरको उपाधि जितेको छ ।

बाल कल्याण बिद्या मन्दिरमा शुक्रबार भएको फाइनलमा इस्टर्न स्विसले आयोजक स्कुललाई नै २१–१३ ले पराजित ग¥यो । फाइनलमा इस्टर्न स्विसको जितमा गौतमले सर्वाधिक १३ अंकको योगदान गरेका थिए ।

गौतमले नेपाल बास्केटल लिगमा साउथ साइडर्स क्लबबाट पनि खेलेका थिए । उनले शुक्रबार खेलिएका चार खेलमा कुल ३९ अंकको योगदान गर्दै इस्टर्न स्विसलाई उपाधि दिलाएका थिए ।

६ टिमको सहभागिता रहेको बिराटनगरको प्रतियोगितामा सबै खेल शुक्रबार नै सम्पन्न भएका थिए ।

यसअघि भएको सेमिफाइनलमा इस्टर्न स्विसले बेलबारी बास्केटबल क्लबलाई २१–५ को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसमा गौतमले ११ अंक स्कोर गरेका थिए । अर्को सेमिफाइनलमा बाल कल्याणले सगरमाथा सेकेण्डरी स्कुललाई १६–६ ले पराजित गरेको थियो ।

सहभागि अन्य क्लबहरुमा बिराटनगर बास्केटबल एकेडेमी र नकि गाइज रहेका थिए । थ्रि बाई थ्रि हाफ कोर्टमा कुल १० मिनेट खेलाइन्छ तर जुन टोलीले पहिले २१ अंक पुरा गर्छ उ नै बिजेता घोषित हुन्छ । शुक्रबार इस्टर्न स्विसमात्रै २१ अंक पुरा गर्न सफल टोली थियो ।

इस्टर्न स्विस र बाल कल्याण अब भाद्र १० मा बिर्तामोडमा हुने इस्टको फाइनल्सका लागि प्रतिस्पर्धा गर्नेछन् । इस्टको फाइनल्समा धरान र बिर्तामोडमा हुने प्रतियोगिताको फाइल पुग्ने टोलीहरुले सहभागिता जनाउनेछन् ।

एनबिल इस्ट अन्तर्गत नै शनिबार धरानमा प्रतियोगिता हुनेछ । धरानको प्रतियोगितामा कुल १४ टिम रहेका छन् । राउण्ड रोबिन लिगपछि दुई समुहका पहिलो दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

एनबिएल इष्ट आयोजक बिपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन) ले पश्चिममा पनि एनबिएल वेष्टको नाममा अर्को प्रतियोगिता आयोजना गर्नेछ । पश्चिमका प्रमुख शहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै फर्मायाटमा खेलाइनेछ ।

पिडिसिएनले पुरुषहरुको दुई संस्करणको नेपाल बास्केटबल लिग र महिलाहरुको वुमेन्स नेपाल बास्केटबल लिग सञ्चालन गरिसकेको छ । दुवै प्रतियोगिता नेपाली बास्केटबल इतिहासकै सर्वाधिक लामो र सर्वाधिक धनराशीको प्रतियोगिता रहेको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.