6 years ago
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसनले शनिबार नेशनल लिड क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

पर्वतीय खेलकुद महासंघको सहयोग तथा समन्वयमा ठमेलमा रहेको काठमाडौं स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेशनल लिड च्याम्पियनसीपमा १३ जना महिला र ३३ जना पुरुष गरी कुल ४६ जना खेलाडीहरुले प्रतिष्पर्धा गर्दैछन ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैया हात पार्नेछन् । प्रतियोगितामा दुई विभागीय टिमको सहभागिता रहने छ । यी विभागिय टोलीहरुमा नेपाली सेना र नेपाल स्काउटको चारुमती ओपन स्काउट ट्रप र क्रु रहेका छन् ।
स्पोर्ट क्लाइम्बिङ खेलका मुख्य तिन विधाहरु लिड क्लाइम्बिङ, बोल्डरिङ र स्पिड क्लाइम्बिङमध्ये संघले लिड क्लाइम्बिङ च्याम्पियनसिपको मात्रै आयोजना गर्न लागेको हो ।
यस प्रतियोगिताको लागि रुट तय गर्न संघले अमेरिकी टेक्निकल अफिसियल कुपर मे लाई नियुक्त गरेको छ । प्रमुख जुरीमा संघका केन्द्रिय सदस्य तुल्सिङ गुरुङलाई नियुक्त गरिएको छ । प्रतियोगीतामा विजयी हुने खेलाडीलाई ६ महिनाभित्र हुने कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिइने आयोजकले जनाएको छ ।
साहसिक तथा पर्यटकीय खेलको प्रचुर सम्भावना रहेको नेपालमा नेपाल क्लाइम्बिङ स्पोर्टस् संघ स्थापना भएदेखि नैं स्पोर्टस् क्लाइम्बिङ (वाल क्लाइम्बिङ र रक क्लाइम्बिङ) को प्रतियोगिताहरु गरिरहेको छ ।
स्पोर्ट क्लाइम्बिङ ओलम्पिक अफिसियल खेल हो । जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिक र २०२४ को पेरिस ओलम्पिकमा पनि यो खेल समावेश भईसकेको छ । अघिल्लो वर्ष इन्डोनेसियाको जाकार्ता र पालेम्वाङमा आयोजित एसियाडमा पनि स्पोर्ट क्लाइम्बिङमा नेपाली खेलाडीहरुले जुझारु प्रदर्शन गरेका थिए ।
नेपालले हालसम्म दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पोर्ट क्लाइम्बिङमा सहभागिता जनाएको छ । इन्डोनेसिया एसियाड भन्दा पहिला नेपालले सन् २०१२ मा चिनमा भएका ‘एसिया बिच गेम्स’ मा पनि सहभागिता जनाएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]