6 years ago
September 13, 2019
इटहरी (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता को तीनउपाधि नसजक पुगेका छन् ।
नेपाल खेलकुद महासंघ निकट राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिला महर्जन महिला एकल, महिला युगल र यु–१७ गरि तीन विधाको उपाधी निकट पुगेकी हुन् । सेनाकी रशिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङलाई २१–१७, १८–२१ र २१–१३ ले तथा छात्रा यु–१७ तर्फ राजधानी युथ क्लब मोरङकी रोज पाण्डेलाई २१–९ र २१–१६ ले पन्छाउँदै उपाधी निकट पुगेकी हुन् ।
अब महर्जनले उपाधीका लागि महिला एकलमा अघिल्लो संस्करणकी विजेता नङ्शलदेवी तामाङसँग प्रतिस्पर्धा गर्नेछिन् । रशिला अघिल्लो संस्करणमा सेनाबाट प्रतिनिधित्व गरेकी तामाङसँग नै पराजित भएकी थिईन् ।
अहिले भोजपुरबाट खेलेकी तामाङले राजधानी युथ क्लब, मोरङकी सिमा राजबंशीलाई २१–१७ र २१–१२ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन् । यसै गरि महिला युगलमा रशिलाले सेनाकी रञ्जना भट्टसँग मिलेर बाँकेकी सम्झना शर्मा र मोरङकी सिमा राजबंशीको जोडीलाई २१–१५ र २१–१७ ले पराजित गर्दै फाइनलमा एपिएफका जेशिका गुरुङ र पुजा श्रेष्ठको जोडीसँगको भेट पक्का गरिन् ।
जेशिका र पुजाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१५, ११–२१ र २१–१७ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यु–१७ तर्फ रशिलाले राजधानी युथ क्लब, मोरङकी सिमा राजवंशीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन् । रशिलाले राजधानी युग क्लब, मोरङकी रोज पाण्डेलाई २१–९ र २१–१६ ले तथा राजबंशीले सेनाकी रञ्जना भट्टलाई १६–२१, २१–१६ र २१–१४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
ईटहरी रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१–१२ र २१–१४ ले पन्छाउँदै फाईनलमा चिर प्रतिद्वन्द्धी पूर्व राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङसँगको भेट पक्का गरे । अघिल्ला सात संस्करणका विजेता रत्नले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१–१४ र २१–१९ को जित निकाले । यसैगरि दिपेश र रत्न युगलमा पनि उपाधीका लागि भिड्ने भएका छन् । युगलतर्फ दिपेशले विजित थापा मगरसँग मिलेर बाँकेका रियाज अन्सारी र ईरफान अन्सारीलाई २१–१५ र २१–१७ ले पन्छाए । यस्तै रत्नले नविन श्रेष्ठसँग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१५ र २४–२२ को कठिन जित निकाले ।
पुरुष खुल्लातर्फ सेनाका पविन लिनथेप र कैलालीका देवराज राना फाईनल प्रवेश गरेका छन् । पविनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीलाई १९–२१, २१–११ र २१– १८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२–२० र २१–१८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । महिला खुल्लातर्फ जेष्ट ब्याडमिनटन एकेडेमीकी मनिषा खड्काले बाँकेकी सुष्मा श्रेष्ठलाई २२–२०, १३–२१ र २१–१७ ले पराजित गर्दै उपाधीका लागि कैलालीकी प्रार्थना देउवासँगको भेट पक्का गरिन् । देउवाले जेष्टकी सफी खत्रीलाई २१–१६ र २१–१० ले पाखा लगाईन् ।
छात्र यु १७ उपाधीका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सु सिंह क्षेत्री भिड्ने भएका छन् । चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१–१० र २१–१८ ले तथा क्षेत्रीले सेनाका भोजबहादुर गुरुङ्गलाई २१– १५ र २१–१९ ले पराजित गरे ।
भेट्रान्स जोडी तर्फ धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । प्रधान र श्रेष्ठको जोडीले ईलामका दर्शन भक्तराज र संजय भक्तराजको जोडीलाई २१–१४ र २१–१० ले पन्छाए । यस्तै अर्को खेलमा पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यको जोडीले सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीलाई २२–२०, १९–२१ र २१–६ ले पराजित गर्दै फाईनलमा प्रधान र श्रेष्ठको जोडीसंगको भेट पक्का गरे ।
प्रतियोगिताको फाईनल खेल शनिबार हुने रेफ्रि उदय अर्यालले जनाएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]