default_image

6 years ago

September 18, 2019

वर्षाका कारण योगिनी कप एक सातापछि हुने

129 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ । असोज ३ गते संचालन गर्ने तयारी भैरहेको प्रतियोगिता एक साता पछि हुने आयोजक सहयोग आवाज(हिभ) नेपालले जनाएको छ ।

बुधबार आएको अविरल वर्षाका कारण खजुरा गाउँपालिका केहि गाउँहरु डुबानमा परेको र प्रतियोगिता हुने खेल मैदान वर्षाका कारण बिग्रिएको कारण प्रतियोगिताको मिति सार्नु परेको प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापाले बताए ।

नेपाल आइस योगिनी कप असोज ३ गते सविधान दिवसको अवसर पारेर असोज ७ गते सम्म आयोजना गर्ने आयोजकले तयारी गरिरहेको थियो । वर्षाका कारण खेल संचालन गर्न सक्ने अवस्था नभएपछि प्रतियोगिता आयोजक सहयोगी आवाज(हिभ) नेपालका सदस्य गणेश राईले असोज ११ गते देखि असोज १७ गते सम्म प्रतियोगिता गर्ने निर्णय गरिएको बताए ।

नेपाल आइस वियरले मुख्य प्रायोजन गरेको योगिनी कप फुटबल खजुरा क्षेत्रको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।  बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबलाई सहभागी गराइनेछ ।

प्रतियोगितामा प्रथम हुने क्लबले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो टिमलाई १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.