default_image

6 years ago

September 27, 2019

प्रिन्स सेमिफाइनल पुग्ने एक्लो नेपाली!

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल राजधानीमा जारी योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तरगतको पुरुष एकलमा सेमिफाइनलमा पुग्ने एक्ला नेपाली खेलाडी बनेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पुरुष एकलमा युवा स्टार प्रिन्सले नेपालकै नवीन श्रेष्ठलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्ने एक्ला नेपाली खेलाडी बनेका हुन् । प्रिन्सले पहिलो सेट १८–२१ ले गुमाएपनि त्यसपछिको सेट २२–२० र २१–१५ ले आफ्नो पक्षमा पारेको थियो ।

नेपाल नम्वर वान रत्नजित तामाङ भारतका स्वर्णराज बोरासँग २१–१३ र २६–२४ को प्रतिस्पर्धात्मक सेटमा पराजित भए । दोस्रो वरीयताका दिपेश धामी कार्तिके गुल्सान कुमारसँग २१–१३ र २१–१२ को सोझो सेटमा पराजित भए । मलेसियाका सेङ जोइ यओले बंगलादेशका मोहम्मद सलमान खानलाई २१–१० र २१–११ ले हराएर सेमिफाइन्लमा स्थान पक्का गरे ।

महिला एकलमा भने नेपालको चुनौती सकिएको छ । नेपाली सीता राई जापानी युरी नाकामुरासँग २१–६ र २१–९ को सेटमा पराजित भइन् । सीमा राजवंशी चाइनिज ताइपेइका यु चियसँग २१–७ र २१–९ ले पराजित भइन् ।

पुरुष डबल्समा रत्नजित तामाङ र दिपेश धामीको जोडीले नेपालकै इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई २१–१८ र २१–७ ले पाजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । नेपालकै बिकास श्रेष्ठ र बिजित थापामगरको जोडीले भारतका हिमांशु मित्तत र शुभम शर्मालाई १६–२१, २१–१५ र २१–११ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भए ।

मलेसियाका इजात फरहान अजहर र जाचारी चोइङ सेन सियाको जोडीले भारतका प्रतिक रनादे र अक्क्षन सेट्टीको जोडीलाई २१–१७ र २१–१७ ले तथा भारतक रोहन कपुर र सौरभ शर्माको जोडीले नेपालका प्रिन्स दाहाल र नवीन श्रेष्ठको जोडीलाई २३–२१ र २१–४ ले हराउदै अन्तिम चारमा पुग्न सफल भए ।

महिला डबल्स्मा नेपालकी पुजा श्रेष्ठ र नङ्शल तामाङको जोडीले नेपालकै सफी खत्री र लोकथमा राईको जोडीलई २१–१०, २१–११ ले हराए । अर्को खेलमा नेपालका जेसिका गुरुङ र अनुमाया राईको जोडीले नेपालकै शोभा गौचन र अमिता गिरीको जोडीलई २१–१८, २१–१३ को सेटमा पाखा लगाए । अर्को खेलमा नेपालकी सिता राई र सम्झना शर्माको जोडीले तारा आल र मनिषा खड्काको जोडीबाट वाकओभर पाए ।

मिक्स डबल्समा नेपालका रत्नजित र नङ्सलदेवीको जोडीले भारतका कृतेश धिन्दवाल र अनुभा कौसिकको जोडीलाई २१–१० र २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । दिपेश र शोभाको जोडी सौरभ शर्मा र अनुष्का पारिखको जोडीसँग २१–११ र २१–१० को सेटमा पराजित भए ।

गौतम कठायत र सम्झना शर्माको जोडी थाइल्यान्डका बोवर्नवान्तानुवोङ फुथापन इन्डोनेसियाका रिरिन एमेलियाको जोडीसँग २१–११ र २१–१४ को सेटमा पराजित भए । नवीन श्रेष्ठ र अनुमाया राईको जोडी भारतका भेनकाट गौरभ प्रसाद र जुही देवानगनको जोडीसँग २२–२० र २१–१६ को सेटमा पराजित भए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.