default_image

10 years ago

June 13, 2016

स्पेन र चेक भिड्दै,सिल्भाको सयौं खेल

175 views

0 Bookmark

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा स्पेनको चर्चा नगर्दा त्यो अधुरो हुन सक्छ । पछिल्ला दुई संस्करण जित्ने स्पेनले यसपटक कसरी यात्रा सुरु गर्ला भन्ने विश्व भरका दर्शक उत्सुकतापूर्वक हेरिरहेका छन् । समूह डीमा स्पेनले अहिले ६ः४५ मा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्दैछ ।

01173427_3237607467293_BS_v_Cz_87DB7868896F2F9B93E644C239382557_3237
स्पेनले पहिलोपटक सन् १९६४ मा घरेलु मैदानमा जितेको थियो । त्यसपछि स्पेनले २००८ मा युरोपियन च्याम्पियनसिप जितेको थियो । स्पेनको फुटबलको स्वर्णिम युग त्यहिबाट सुरु भएको मानिन्छ । २०१० मा विश्वकप जितेको स्पेनले २०१२ युरोपियन च्याम्पियनसिपको उपाधि रक्षाक गरेको थियो । दुई बर्षअघि ब्राजिलमा भएको पछिल्लो विश्वकपमा भने स्पेनको प्रदर्शन विर्सन लायक रह्यो । उपाधि रक्षा गर्नु त कता हो कता टोलीले पहिलो चरण पनि पार गर्न सकेन । त्यहाँबाट पनि स्पेनिस टोलीको स्वर्णिम युगको अन्त्य भएको आलोचकहरु बताउँदै आएका छन् ।

स्पेनका डेभिड सिल्भा ।

स्पेनका डेभिड सिल्भा ।

यसपटक अन्तिम अभ्यास खेलमा हारेपछि स्पेनको थप आलोचना भएको थियो । तर, स्पेन ओलचकको मुख बन्द गराउन सक्ने टोली हो । फ्रान्समा उपाधि जित्न सके स्पेनका लागि त्यो ठूलो उपलब्धि हुनेछ । पछिल्लो केही दिन यता विवादमा तानिएका गोलकिपर डेभिड डि जियाले स्पेनको पोस्ट सम्हाल्ने भएका छन् । पछिल्लो तीनवटा उपाधि जित्दाका गोलकिपर इकर कासियासको ठाँउ यो खेलमा डि जियाले लिदैछन् । डेभिड सिल्भाका लागि पनि चेकविरुद्धको खेल विशेष हुँदैछ । त्यो खेल उनको स्पेनका लागि सयौं खेल हो ।
चेक गणतन्त्र युरो कपमा पुनरागमन गरेको टोली हो । टोलीका गोलकिपर पिटर केच टोलीको सबैभन्दा चर्चित नाम हो । टोलीका अधिकांश खेलाडी घरेलु लिगमा खेल्नेगर्छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.