default_image

6 years ago

October 17, 2019

रुविनाको अर्धशतकमा काठमाडौंको बलियो योगफल

174 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलवासीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।


बिहीबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।
काठमाडौंका लागि कप्तान रुविना क्षेत्री वेलवासी ८३ रनमा अविजित रहिन् । उनले ६७ बलमा १४ चौका र २ छक्का प्रहार गरिन् ।
रुविनाले ४७ बलमा डब्लूसिएलकै पहिलो अर्धशतक पुरा गरिकी थिइन् । योसँगै रुविना नेपाली महिला फे्रन्चाइज टि२० लिगमा अर्ध शतक प्रहार गर्ने पहिलो खेलाडी बनिकी छिन् । १६ ओभरको पहिलो बलमा कविता कुवरलाई नो बलमा चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेकी थिइन् ।

त्यस अघि रुविना १० औं ओभरको तेस्रो बलमा ब्यक्तिगत १९ रनमा खेली रहेको अवस्थामा एलवी डब्लू आउट हुँदै पेभिलिएन फर्किदा नो बल देखाउँदै थर्ड एम्पारले नट आउट दिएपछि खुसि हुँदै क्रिजमा फर्किएकी थिन् ।

काठमाडौंले दोस्रो ओभरको पाँचौ बलमा ओपनर शोभा आलेलाई १२ रनमा गुमाएको थियो । उनलाई कविता कुवरले रुबी पोदरबाट क्याच आउट गराउन् । तेस्रो ओभरको दोस्रो बलमा अनुराधा चौधरीले अर्की ओपनर रश्मी शर्मा चौलागाईंलाई २ रनमा बोल्ड आउट गरिन् । तेस्रो विकेटका लागि रोमा थापा र रुविनाले ६४ रनको साझेदारी गर्दै इकासे । ११ ओभरको अन्तिम बलमा थापालाई १९ रनमा क्याच आउट गराउँदै अनुराधाले साझेदारी तोडेकी थिइन् । थापाले २३ बलमा ३ चौका प्रहार गरिन् ।

अनुराधा चौधरीले १३ औं ओभरको पहिलो बलमा अप्सरी बेगमलाई १ रनमा बोल्ड र दोस्रो बलमा ममता थापालाई शून्यमा एलवी डब्लू आउट गरेपछि काठमाडौं दबाबमा परेको थियो । इश्वरी बिष्ट १७ बलमा १ चौका सहित १० रनमा अविजित रहिन् ।

पोखराको लागि अनुराधा चौधरीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै कविता कुवरको नाममा १ विकेट रह्यो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.