default_image

6 years ago

October 18, 2019

महिला टोलीको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन मसहला भलिबल च्याम्पियनसिपको लागि प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपाली टोलीले आज थाइल्यान्डको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी डेबलपमेन्ट सेन्टरमा अपरान्ह ४ बजेपछि हुनेछ ।

अभ्यास र प्रशिक्षणका लागि २२ सदस्यीय नेपाली टोली गत बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो । टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ ।

त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् । सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.