6 years ago
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि चितवनको रत्ननगरमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुुनि मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले स्वर्ण पदक जितेका छन् ।
फाइनलमा उनले मैत्री तेक्वान्दो डोजाङका सागर घिमिरेलाई पराजित गरे । न्युलाईफका सुगम चौधरी र अल्फाका जस्गिन चौधरी तेस्रो भए ।
पुरुष ३३ केजी मुनि वेस्टर्न इस्टका कलीशान्त नाथले स्वर्ण जिते । कलीले फाइनलमा दोधारा चाँधनीका शिशिर ठगुन्नालाई हराए ।
शरित सौराहाका जनक दर्लामी र भैरहवाका शिवबहादुर क्षेत्री तेस्रो भए । पुरुष ४५ केजी मुनि द एभरेष्टका शंकर गौतम पहिलो भए । फाइनलमा उनले एरिस्टोका रुपेश सिंहलाई हराए । दिलिप स्मृतिका रमन तामाङ र सिद्धज्योतीका राजिव थापा तेस्रो भए ।
प्रतियोगिताको उद्घाटन रत्ननगर नगरपालिकाकी उपमेयर विमला दवाडीले गरिन् । उक्त अवसरमा अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का निर्देशक दिवाकर मर्हजन, लव गोर्खाली, नेपाल तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठ, तेक्वान्दोका प्रशिक्षक मिन न्यौपाने, राजेश प्रजापती, श्रीमान थापामगर, फडिन्द्र खड्का लगायतलाई सम्मान गरिएको थियो ।
शनिबारसम्म चल्ने दुई दिने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, पुम्सेमा ८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) र ललितपुर मैत्री तोक्वान्दो डोजाङको सहयोग तथा सहकार्यमा सञ्चालित प्रतियोगितामा विभिन्न ४० जिल्ला, विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र विभिन्न डोजाङका खेलाडीले कूल ५४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ ५४ केजी मुनि, ५८ केजी मुनि, ६३ केजी मुनि, ६८ केजी मुनि, ७४ केजी मुनि र ८० केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ सहभागी खेलाडीले ४६ केजी मुनि, ४९ केजी मुनि, ५३ केजी मुनि र ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा १८ बर्षभन्दा माथिको तौलसमूह अन्तर्गत पुरुषतर्फ ३ र महिलातर्फ दुई गरी पाँच जना उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुषतर्फका उत्कृष्ट तीन र महिलातर्फ उत्कृष्ट दुई जना खेलाडीलाई सन् २०२० को मेमा अमेरिकाको मिसिगनमा आयोजना हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सहभागी गराईने आईओएफटीसीका निर्देशक दिवाकर मर्हजनले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट टिम र उत्कृष्ट तेक्वान्दो प्रदर्शनी गर्ने खेलाडीलाई पनि जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताको संयोजक पुष्पराज जोशीले जानकारी दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]