6 years ago
November 21, 2019
एजेन्सी – तीब्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सले उत्कृष्ट प्रर्दशन गरेपछि पाकिस्तान अष्ट्रलियासँगको पहिलो टेष्टमा २ सय ४० रनमा अल आउट भएको छ ।

पाकिस्तान पहिलो दिनमै ८६.२ औं ओभरमा अल आउट भएको हो । योसँगै पहिलो दिनको खेल सकिएको छ । अष्ट्रेलियाले पहिलो इनिङ शुक्रबारबाट थाल्ने छ । पाकिस्तानका लागि असाद शफीकले १ सय ३४ बलमा ७ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । शफिकलाई प्याट कमिन्सले ८२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरेका थिए ।
ओपनर शन मसुुद २७, कप्तान अजहर अली ३९, हरिस सोहेल र बाबर आजम १–१ रनमा आउट भए । तल्लोक्रममा विकेटकीपर मोहमम्मद रिजवान ३७ र यासिर शाह २६ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
पहिलो विकेटका लागि शन मसुद र अजहर अलीले ३३ ओभरमा ७५ रनको साझेदारी गरेका थिए । त्यसपछि पाकिस्तानको विकेट निरन्तर गुम्दा ५४.२ ओभरमा १४३–६ को अवस्थामा पुगेको थियो । सातौं औं विकेटका लागि यासिर शाह र असाद शफीकले ८४ रनको साझेदारी गर्दै सम्मानजक योगफल सम्म पुयाए ।
तीब्र गतिका मिचेल स्टार्कले १८.२ ओभरमा ५ मेडन सहित ४ विकेट लिए । त्यस्तै प्याट कमिन्सले २२ ओभरमा ७ मेडन सहित ६० रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले २ र नाथन लायनले १ विकेट लिए ।
खेलको हाइलाइट्स:
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]