default_image

6 years ago

November 25, 2019

सेन्ट्रल जोन विजेतालाई सरकारले मंगलबार सम्मान गर्ने

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गर्ने भएका छन् ।

१३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई सरकारले मंगलबार सम्मानित गर्न लागेको जानकारी गराए ।

सम्मान कार्यक्रम मंगलबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवन (नेपाल एकेडेमी) मा हुनेछ । सोही सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्नेछन् ।

सदस्यसचिव सिलवालले ऐतिहासिक उपाधि जितेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको क्रममा च्याम्पियन टोलीका प्रत्येक सदस्यलाई जनही ३–३ लाख रुपैया उपलब्ध गराउन सरकारसँग पहल गरिने बताएका थिए । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य रहेका थिए ।

नेपालले कात्तिक २८ गते बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने क्रममा एकपक्षीय नतिजा निकालेको थियो । फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

नेपाली टोली अहिले घरमै आयोजना हुने १३औं सागको तयारीमा रहेको छ ।

नेपाली टोली :

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, साफिया पुन र जानकी भण्डारी

मुख्य प्रशिक्षक : जगदीश भट्ट

प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव

व्यवस्थापक : रिता कोइराला

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.