default_image

6 years ago

November 27, 2019

क्विक्स कपः सरस्वती र वन्डरल्यान्डको फराकिलो जित

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती माध्यमिक विद्यालय र वन्डरल्यान्ड इंग्लिस स्कुलले राजधानीमा जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा बुधबार भएको भएको खेलमा सरस्वतीले प्रदेश ६÷७ माथि ८–१ को फराकिलो जित निकालेको हो । सरस्वतीको जितमा सन्दीप धामीले ह्याट्रिक पुरा गरे । अनिष धामी, मनिस कुमार र किरण कुमारले गोल गरे । दुई गोल उपहार पाएको थियो । सरोज नेगीले एक गोल फर्काए ।

अर्काे खेलमा वन्डरल्यान्डले श्रमिक माविमाथि ५–० को फराकिलो जित निकाल्यो । मनिल कन्दङ्वा र निसान गुरुङले समान २–२ तथा साहिल लिम्बुले एका गोल गरे ।

यस्तै नेपालय इंग्लिस पब्लिक स्कुलले गोरखा माविमाथि १–० को जित निकाल्यो । सागर थिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै स्मृति बोर्डिङ स्कुलले सिर्जना ज्ञान सागर हाइ स्कुलमाथि ३–२ को जित निकालेको छ । स्मृतिका प्रशान्त सेन, अंकित सिजापति र सदिन केसीले गोल गरे । सिर्जनाका राजन पाण्डे र दिवस अधिकारीले गोल गरे ।

प्रतियोगितामा बिहीबार पनि ४ खेल हुनेछ । छात्रातर्फको खेल ६ देखि १३ डिसेम्वरमा आयोजना हुनेछ । प्रतियोगिताको दुवैतर्फको विजेताले ३ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रोले ७५ हजार तथा चौथो हुनेले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.