6 years ago
December 8, 2019
एजेन्सी – स्टार फरवार्डद्धय ब्राजिली नेयमार र फ्रेन्च केलियन एमबाप्पेको गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिगमा वानमा सहज जित निकालेको छ । पीएसजीले मोन्टपेलिरमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।

शनिबार राति भएको खेलमा पीएसजी आत्मघाती गोलबाट पछि परेको थियो । ४१आं मिनेटमा लियान्द्रो ड्यानिय पाराडेसले विपक्षीको प्रहार जोगाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको पीएसजीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भएको थियो । ७३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिएपछि पीएसजीको त्यसको पुरै फाइदा उठाउन सफल भएको थियो । मोन्टपेलिरका पेड्रो मेन्डिस दोहोरो पहेलो कार्ड खादै मैदानबा बाहिरिएको थियो ।

त्यसलगत्तै पीएसजीले बराबरी गोल फर्काउन सफल भएको थियो । ७४औं मिनेटमा नेयमारले बराबरी गोल फर्काए । त्यसको २ मिनेटपछि कृलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ८१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीसजीलाई ३–१ को पूनरागमन जित दिलाए ।
जितसँगै पीएसजीले १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मोन्टपेलिर २४ अंक जोडेर आठौं स्थानमा छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]