default_image

6 years ago

December 21, 2019

यशश्वी जैश्वाल : पानीपुरी ठेलादेखि आईपीएल करोडपति मेलासम्म

736 views

0 Bookmark

एजेन्सी – यशश्वी जैसवाल उमेरले १७ वर्षका पुगे । भारतीय क्रिकेटमा पछिल्लो समय चर्चाको शिखरमा रहेका उनले कलिलै उमेरमा विश्व कीर्तिमान कायम गर्दै आईपीएलमा करोडमा अनुबन्ध भएका छन् ।

छोटो समयमा जति सफलता हात पारेका छन्, उनले त्यो भन्दा धेरै सघंर्ष गर्नु परेको छ । सामान्य परिवारमा जन्मिएका जैसवालको सघंर्षशील क्रिकेट यात्रा धेरैको लागि प्रेरणादायी बन्न सक्छ ‌।

क्रिकेट एक भोक हो । प्यासन हो । नसा हो । यी सबैलाई पुरा गर्न सहज छैन । संघर्ष र त्याग गर्न सक्नुपर्छ । आर्थिक कमजोरीकै कारण प्रतिवाभान् खेलाडीलाई आफ्नो लक्ष्यमा पुग्न पुग्न सक्दैनन् भन्ने हुँदैन । जैसवाल यसका राम्रा उदारण हुन् । जैसवाललाई राजस्थान रोयलसले २ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । छोटो समयमै उत्कृष्ट प्रर्दशन गर्दै स्टार खेलाडीको संभावना बोकेका जैसवाललाई टोलीमा भित्र्याउन धेरै टोलीले रुचि देखाएका थिए ।

बायाँ हाते ओपनर जैसवालले गत अक्टोबरमा विजय हजारे ट्रर्फिमा मुम्बईबाट झारखण्डबिरुद्ध १ सय ५४ बलमा १७ चौका र १२ छक्का सहित २ सय ३ रन बनाउँदै इतिहास रचेका थिए । लिष्ट एमा उनी विश्वमै सानो उमेरमा दोहोरो शतक प्रहार गर्ने खेलाडी हुन् । मुम्बईबाट घरेलु क्रिकेट खेल्ने जैसवालले रणजि ट्रफी, विजय हजारे, यू१७, यू१९ हुँदै, प्रथम श्रेणी खेलि सकेका छन् । गत वर्षको यू१९ एसिया कपमा ४ खेलमा ३ सय १८ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा रहे ।

सन् २०१५ मा उनले ३ सय १९ नट आउट रन बनाउनुको साथै १३ विकेट लिदैं गिनिज बुकमा नाम छ । गत वर्ष दक्षिण अफ्रिकासँगको यू१९ टेष्ट खेलमा उनले १ सय ७३ रनको उत्कृष्ट इनिङ खेल्दै प्लेयर अफ द म्याच घोषित भएका थिए । २०१८–१९ विजय हजारे ट्रफीमा ६ खेलमा ५ सय ६४ रन बनाउँदै सर्वाधिक रन बनाउने खलाडीमा शीष पाँचौ रहे ।

जैसवाल सन् २००१ मा भारतको उत्तर प्रदेशको सुरियावान भदोहीमा डिसेम्बर २८ मा जन्मिएका हुन् । जैसवाल सानै देखि क्रिकेटमा रुचि राख्ने गर्दथे । उनले १० वर्षकै उमेरमा क्रिकेट खेलाडी बन्ने सपना राखेका थिए । उनको बुबाको भदोहीमै एक सामान्य पसल थियो । उनी बुबासँग सन् २०११ मा अंकलको घर मुम्बई गएका थिए ।

क्रिकेटमा उनीमा सानै देखि नै रुचि थियो । मुम्बईबाट क्रिकेट खेल्ने इच्छा लागेछ । उनले बुबालाई घर नफर्किने बताएपछि छोराको इच्छालाई नर्कान सकेनन् । जैसवाल मुम्बईको एक डेरी पसलमा काम गर्न थाले । दिउँसभर क्रिकेट खेल्थे । बेलुका र विहान सहयोग गर्थे ।

एकदिन उक्त डेरी पसलले दिउँभर क्रिकेट खेलेको भन्दै पसलबाट निकालीदिएपछि मुश्लिम युनाइट क्रिकेट क्लबकोे प्रसिद्ध अजाद मैदानमा गए। ११ वर्षको उमेरमा क्रिकेट खेलाडी बन्ने सपना देखेका उनको अभावको यात्रा सुरु हुन थाल्यो ।

अजाद मैदानमा उत्कृष्ट प्रर्दशन गरेपछि उनी त्यहाँको टेन्टमा बस्न पाए । टेन्टमा उनले निकै संघर्ष गर्नु पर्यो । बस्न सहज थिएन । गर्मीमा अत्याधिक गर्मी । वर्षामा त्यतिकै कठिन । विद्युत थिएन । शौचालय नजिक थिएन । राती सुत्नै कठिन थियो ।

थुप्रै पटक उनको अनुहारमा किराले टोक्दा सुनिएको बताउछन् । तर उनी आफ्नो सपनाबाट बिचलित भएनन् । उनको मनमा यदी मैले क्रिकेट खेल्ने हो भने यी कुरालाई मैल ध्यान दिनुहुँदैन, मेरो ध्यान क्रिकेटमै हुनुपर्छ भन्ने थियो ।

पैसा घरबाट कहिलेकाँही पठाइदिन्थे,‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌त्यस पैसाले उनलाई पुग्ने कुरै थिएन । डेरी पसलले निकालेर टेन्टमा बसेको कुरा परिवारलाई जानकारी दिएका थिएनन् । उनले पानीपुरी बेच्न थाले । विहान देखि साँझसम्म क्रिकेट खेल्थे । बेलुका पानी पुरी बेचेर आफ्नो खर्च टार्थे । कुनै दिन दिउँसो शतक बनाएर बेलुका पानी पुरी बेच्दा उनलाई साह्रै नरमाइलो लाग्थ्यो । तर उनको यो आवश्कता र वाध्यता थियो । यसले उनलाई अझ राम्रो प्रर्दशन गर्न उर्जा मिल्थ्यो उनी बताउँछन् ।

‘काम सानो ठूलो हुँदैन । कामले फरक पर्दैन । मेरो दिमागका एक मात्र सोच जसरी पनि क्रिकेट खेलाडी बन्नुपर्छ भन्ने थियो’, उनले भनेका छन् । उनलाई पानी पुरी बेच्ने समयमा आफुसँगै खेल्ने खेलाडी नआए हुन्थ्यो लाग्थ्यो । भने जस्तो त कहाँ पो हुन्थ्यो र । कहिले काँही । आफुसँगै खेल्ने साथी पानी पुरी खान आउँथे । उनलाई साह्रै नरमाइलो लाग्थ्यो ।

साँझमा पानी पुरी बेच्ने र दिउँसमा क्रिकेट खेल्ने दैनिकी बनेको थियो । यसैबाट उनी थाकेका थिए । क्रिकेट बाहेक अर्को विकल्प उनले कहिल्य सोचेनन् । भनिन्छ कोही नहुनीको भगवान हुन्छ । जैसवाललाई सन् २०१३ डिसेम्बरमा प्रशिक्षक ज्वाला सिंह भगवान बनेर आए । नेटमा अभ्यास गरि रहेका जैसवालको प्रर्दशन देखेर साह्रै प्रभावित भएछन् ।

ज्वालाले पछि उनीसँग कुराकानी गर्नेक्रममा जैसवालको सबै संघर्ष सुनेपछि पछि आफ्नो मैदानमा बोलाएर प्रर्दशन हेरे । अनि ज्वालाले जैसवाललाई टेन्टबाट आफ्नो एकेडेमी लगेर गए । उनले त्यो टेन्ट र पानी पुरी दुबै बेच्न डिसेम्बर २०१३ मा छाडे ।

‘जुन बेला ज्वाला सर भेट हुनुभयो । अनि मेरो जीवनीले नयाँ मोड लियो । ज्वाला सरले मलाई तिमी क्रिकेट खेल । अरुसबै म हेर्छु भन्नुभयो’, उनले भने । ज्वालालाई जैसवाल भगवान मान्छन् । आफु जुन स्थानमा आएका छन् त्यो सबै ज्वालाइ श्रेय दिन्छन् । प्रशिक्षक ज्वालाको गएसँगै उनको जिवनीले नयाँ मोड लिन पुग्यो । उनी आफ्नो लक्ष्यमा धेरै मिहेनत, फोकस गर्दै क्षमता बृद्धी गर्दै लगे ।

संघर्ष, मिहिनेत र धैर्यताले कुनै समय पानी पुरी बेच्दै क्रिकेट खेल्दै गर्ने उनी आज विश्वमै क्रिकेटर यशस्वी जैसवालको रुपमा चिनिदै छन् । जैसवालले आफ्नो संघर्षले मैदानमा उत्कृष्ट प्रर्दशन गर्न थप उर्जा मिल्ने बताउँछन् । जैसवालले सबैलाई आफ्नो काममा ध्यान केन्द्रित गर्ने हो भने नतिजा आफैं आउने बताउछन् ।

जैसवाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ भारतीय टोलीको प्रमुख खेलाडी हुन् । आगमी संस्करणको आईपीएलमा जैसवाललाई राजस्थान रोयल्सबाट खेल्ने बलियो संभावना छ । यी दुई प्रतियोगिताको प्रर्दशनले उनको आगमी क्रिकेट यात्रा निर्धारण गर्ने छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.