6 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जगत मन्दिर ब्वाइज तथा लाइसियम गल्र्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गल्र्सको चौथो संस्करण हो ।

माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्यो । लाइसियमले सम्भावीलाई २–० ले हराउदै तेश्रो भयो । कालोपुलस्थित एडभान्स स्कुलमा भएको गल्र्सको उपाधि भिडन्तमा लाइसियमले विज किड्समाथि २५–१५ र २५–२१ को जित दर्ता गर्यो । तेश्रो भएको डिफेन्डिङ च्याम्पियन क्याम्ब्रिजले ग्लोबललाई २–० ले पाखा लगायो । दुवै समूहमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार र चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।
ब्वाइजमा जगत मन्दिरका लाक्पा तामाङ र गल्र्समा लाइसियमकी नन्दनी कर्ण उत्कृष्ट खेलाडी, ब्वाइजमा क्याम्ब्रिजका रोहितसिंह साउद र गल्र्समा एडभान्सकी अनुष्का तामाङ उत्कृष्ट डिफेन्डर तथा ब्वाइजमा ग्लोबलका योञ्जनदेव गौतम र गल्र्समा विज किड्सकी राशी उत्कृष्ट स्पाइकर घोषित भए ।
ब्वाइजमा एडभान्सका अभिषेक मगर र गल्र्समा क्याम्ब्रिजकी त्रिशला रावल उत्कृष्ट सर्भर, ब्वाइजमा जगत मन्दिरका मिङमा शेर्पा र गल्र्समा लाइसियमकी अनिशा रोय उत्कृष्ट सेटर तथा ब्वाइजमा सम्भावीका निजल राई र गल्र्समा ग्लोबलकी गीता घिमिरे उत्कृष्ट ब्लकर चुनिए । उत्कृष्ट सबैले जनही १ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई नेपाल भलिबल संघका उपाध्यक्ष कुमार राज सुवेदी, माफका अध्यक्ष राजन आचार्य, एडभान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटा, काठमाडौं महानगरपालिका वडा ५ का अध्यक्ष रमेश डंगोल, नेपाल भलिबल संघअन्तर्गत विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ३० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ सहभागी थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]