6 years ago
December 22, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा हुन लागेको प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ पाएको छ ।

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो । यससँगै स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको बर्ष पुरुष खेलाडी विधाको नाम शारदा राईस मिल बर्ष पुरुष खेलाडी हुने भएको छ ।
विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शारदा राईस मिलका प्रबन्ध निर्देशक तथा युवा व्यवसायी राहुल गुप्ता र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे ।
सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई सम्मान गर्नका लागि हुन गईरहेको अवार्डमा सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरेको शारदा राईस मिलको प्रबन्ध निर्देशक राहुल गुप्ताले बताए । मञ्चका सल्लाहकार दिपक उपाध्यायले शारदा राईस मिललाई प्रायोजन गरेकोमा धन्यवाद ज्ञापन गरे ।
पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
बर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप र स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटलले प्रायोजन गरिसकेको छ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी पाउनेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]