default_image

6 years ago

December 25, 2019

सागकी स्वर्ण विजेता काजल र देविका सम्मानित

214 views

0 Bookmark

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) –  १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता दुई खेलाडी काजल श्रेष्ठ र देविका खड्का बुधबार सम्मानित भएकी छन् ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाले सागमा स्वर्ण जित्न सफल तेक्वान्दोकी काजल श्रेष्ठ र जुडोकी देविका खड्कालाई जनही ५०–५० हजार रुपैया र सम्मानपत्रले सम्मानित गरेको हो ।

काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी तथा देविका खड्काको जन्मस्थान झापा भएपनि उनले सोही स्थानमा विवाह गरेकी थिइन । आफ्नै गाउँकी चेली र बुहारीलाई थप हौसाला प्रदानका लागि सम्मान गरिएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए । स्वर्णपदक जितेर आफ्नै जन्मस्थान र कर्मभुमिमा सम्मानित हुन पाउदा असाध्यै खुसी लागेको खेलाडीद्धयले बताइन् ।

जुडोकी देविका खड्काले सागमा बंगलादेशको खेलाडीलाइ हराउँदै स्वर्णपदक जितेकी थिइन् । तेक्वान्दोकी काजल श्रेष्ठले पाकिस्तानकी खेलाडीलाई हराउँदै स्वर्ण जितकी थिइन ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.