default_image

6 years ago

December 27, 2019

जिमखाना फाइट नाइट शनिबार

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संकरणको जिमखाना फाइट नाइट प्रतियोगिता शनिबार हुने भएको छ । आयोजक जिमखाना मुवाँथाईले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता शनिबार आयोजना हुने जानकारी गराएको हो । 

नेपाल बक्सिङ संघ र नेपाल राष्ट्रिय मुवाँथाई संघको तत्वावधानमा हुने प्रतियोगितामा बक्सिङ र मुवाँथाईमा समान ४–४ गरि आठ फाइट हुनेछ । फाइट नाइट ठमेलस्थित लर्डस् अफ ड्रिङ्स (एलओडी) मा हुनेछ ।

फाइट नाइटको बक्सिङतर्फ ६० केजीमा आशिष तामाङले बिमल रोक्कासँग प्रतिस्पर्धा गर्नेछ । ६५ केजीमा सबिन गुरुङले सुरेश नेपाली, ७० केजीमा दिवस लाल भुमिले रबि सुनार र ७५ केजीमा दिपेश लामाले दान बहादुर दलामीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै मुवाँथाईको ६० केजीमा राजु राईले गुणराज रुचाल, ६५ केजीमा ससिन्द्र रन्जितले विजय लामा, ६५ केजीमा रोहित शाही ‘क’ ले रोहित शाही र ७० केजीमा मन्दिप राना मगरले रसिब जारीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रत्येक फाईटको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने छन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.