6 years ago
December 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स त्यही क्लब हो, जसले गत सिजन अन्तिम खेलमा मनाङ–मर्स्याङ्दी क्लबको अपराजित रहेर लिग जित्ने कीर्तिमानलाई तुसारापात गरिदिएको थियो ।

मनाङ गतवर्ष लिगको दुई खेल बाँकी छदै लिग च्याम्पियन बनिसकेको थियो । लिगको १२औं चरणमा संकटालाई ३–१ ले पराजित गर्दै लिग च्याम्पियन बनिसकेपछि मनाङ अपराजित रहेर लिग च्याम्पियन बन्ने अभियानमा उभिएको थियो । लिगको अन्तिम दुई खेलमा मनाङले हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबसँग खेल्ने तय थियो । शेर्पालाई २–१ ले पराजित गर्दै मनाङ कीर्तिमानतर्फ अघि बढेको थियो ।
लिगको अन्तिम चरणको खेलमा मनाङले तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेको फ्रेन्ड्सलाई सहजै पराजित गरेर मनाङले कीर्तिमान रच्ने सबैले अनुमान गरेको थियो । तर, त्यो अनुमान विपरित मनाङलाई फ्रेन्ड्सले १–० को हार चखायो । वैकल्पिक खेलाडीको रुपमा खेलको ८१औं मिनेटमा मैदानमा प्रवेश गरेका बिकास लामाले इन्ज्युरी समयको थप गरिएको अन्तिम मिनेट तिर गेल गर्दै मनाङलाई हार मात्र चखाएन मनाङको कीर्तिमानी यात्रालाई पुर्णविराम लगाइदियो ।

नयाँ सिजन जारी रहँदा मनाङ पुरानै लयमा अघि बढेको छ । फ्रेन्ड्स जितविहीन छ । मनाङ लिगको पहिलो स्थानमा रहँदा फ्रेन्ड्स १३ औं स्थानमा छ । यही दुई टोलीबीच सोमबार (आज) लिगको चौथो राउन्डमा प्रतिस्पर्धा हुदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।
मनाङ अघिल्लो वर्षको नमिठो हारको बदा लिने लक्ष्यमा मैदानमा उत्रनेछ । फ्रेन्ड्स सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । अघिल्लो वर्ष लिग जित्दाका खेलाडीहरु टोलीमा नरहेपनि मनाङले नतिजा आफ्नो पक्षमा पारिरहेको छ । फ्रेन्ड्सविरुद्ध समेत मनाङ सोहि रणनीतिका साथ मैदान उत्रदैछ ।

मनाङले लिगको पहिलो खेलमा विभागीय टिम एपीएफलाई २–० र आर्मी र ब्रिगेड ब्वाईजलाई समान १–० ले हराएको थियो । यता, लिगमा एक गोल पनि गर्न नसकेको फ्रेन्ड्स मनाङलाई हराउने दाउमा छ । तीन ब्राजिलियन खेलाडीले सोचे अनुरुपको खेल पस्कन सकेको छैन । फ्रेन्ड्स विभागीय आर्मीसँग २–१, ब्रिगेड ब्वाईजसँग २–० र मछिन्द्रसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
सोमबारै पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र मछिन्द्र क्लबबीच खेल हुनेछ । खेल बिहान ११ः३० बजे एन्फा कम्प्लेक्समा हुनेछ । मछिन्द्र र एनआरटी अघिल्लो वर्ष रेलिगेसनविनाको लिगका कारण ‘ए’ डिभिजनमै रहन सफल भएका हुन् । रेलिगेसन विनाको लिगका कारण उनीहरुको १ र २ अंक घटाइएको छ ।

दुवै टिम स्पष्ट तीन अंक लिने लक्ष्य सहित मैदान उत्रदैछ । अपराजित मछिन्द्रले तीन खेलबाट ६ अंक जोडेको छ । गत सिजन १३ औंं स्थानमा रहेका कारण मछिन्द्रले १ अंक गुमाएको छ । एनआरटी पनि गत सिजन लिगको पुछारमा रहेकाले दुई अंक गुमाएको छ । त्यसैले तीन खेलबाट उसको ४ अंक मात्रै छ ।
एनआरटीलाई पराजित गर्दै मछिन्द्र शीर्षस्थानको मनाङलाई पछ्याउने छ । मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाईज २–० र तेस्रो खेलमा फ्रेन्ड्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । मछिन्द्र दोस्रो खेलमा च्यासलसँग १–१ को बराबरीमा रोकिएको थियो । एनआरटीले पहिलो खेलमा सरस्वतीलाई ४–० ले पराजित गर्दा संकटासँग १–० ले पराजित भएपनि च्यासललाई पराजित गर्दै विजयी लयमा फर्किएको थियो । एनआरटी सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

मछिन्द्र र एनआरटीले गतवर्ष ५–५ गोलको बराबरी खेलेका थिए । मछिन्द्रले यो सिजन लिग जित्ने लक्ष्यका साथ स्टार खेलाडी जमघट गरेर ‘ड्रिम टिम’ तयार पारेको छ । एनआरटीले पनि केही खेलाडी परिवर्तन गरेको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]