default_image

6 years ago

January 2, 2020

एपीएफ र सरस्वतीलाई पहिलो जितको मौका

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) चौथो चरणको खेल अन्तरगतको अन्तिम दिन एक मात्रै हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार विभागीय नेपाल एपीएफ क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजेपछि खेल हुनेछ । लिगमा जित निकाल्न नसकेको दुवै टोली पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

लिगको तेस्रो चरणको खेल सकिदा एपीएफले २ हार र एक बराबरीको नतिजा निकालेको छ । मनाङसँग २–० ले तथा रुस्लान थ्री स्टारसँग १–० ले पराजित भएको एपीएफले यति हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै लिगमा पहिलो अंक जोड्न सफल भएको थियो ।

यता, सरस्वतीले भने लिगमा अंकको खाता खोल्न सकेको छैन । कुनै गोल गर्न सकेको छैन । सरस्वती पहिलो खेलमा एनआरटीसँग ४–० ले, जावलाखेलसँग १–० ले र पुलिससँग २–० ले पराजित भएको थियो । एपीएफ १२औं तथा सरस्वती पुछारमा छ । फ्रेन्ड्स १३औं स्थानमा छ । खराब प्रदर्शन गर्दै जितविहीन रहेको यी दुई टोलीलाई लिगमा पहिलो जित निकाल्ने अवसर रहेको छ ।

युवा खेलाडीले भरिएको एपीएफसँग आशिष लामा, नवीन लामा, प्रविन स्याङ्तान, रमेश दंगालजस्ता खेलाडीहरुको साथ छ । उनीहरुले जुनसुकै बेला पनि नतिजा उल्ट्याउन सक्छन् । यता, औसतको टोली सरस्वती एपीएफलाई हराउने दाउमा हुनेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.