6 years ago
January 5, 2020
पोखरा (हाम्रो खेलकुद) – मिलन युवा क्लब धम्पुुसले कास्कीको माछापुच्छ्रे गाउँपालिका घलेलमा सम्पन्न ‘२१औं ल्होछार घलेल महोत्सव’ गाँउस्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

घलेलस्थित खेल मैदानमा भएको फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । धम्पुसले तप्राङलाई २५–२०, २५–२१ र २५–२२ को सोझो सेटमा हरायो ।
उपाधि सँगै धम्पुसले ७० हजारसँगै शिल्ड हात पारेको छ । उपबिजेता बनेको तप्राङले ४० हजारसँगै शिल्ड हात पार्यो । त्यस्तै अन्नपुर्ण युवा क्लबले मर्दी हिमाल क्लब सिँधिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । अन्नपुर्णले २५ हजार रुपैया हात पार्यो । मिलन युवा क्लबका मनोज खड्का प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा विभिन्न ३० टोलीको सहभागिता रहेको थियो ।
यस्तै खुल्ला घोडा दौडतर्फ नाँगीका बल बहादुर खड्का पहिलो भए । सिधिङ घिप्लीका दुर्गा भण्डारी दोस्रो र सोही स्थानकै गोबिन्द गौतम तेस्रो भए । बल बहादुरले निर्धारित ७.५ किलोमिट ३३ मिनेट ३० सेकेण्डमा पार गरी च्याम्पियन बनेको हो ।
उनले १५ हजार हात पारे । ३३ मिनेट ३३ सेकेण्डमा पार गरी दोस्रो स्थान हाँसिल गरेका भण्डारीले १० हजार तथा ३४ मिनेट १२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो बनेका गौतमले ५ हजार पाए ।
प्रतियोगिता घलेल टोल बिकास संस्थाको आयोजना र बौद्ध सिर्जना युवा क्लबको संयुक्त आयोजनामा भएके महोत्सवमा भलिबल र घोडा दौड प्रतियोगिता राखिएको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]