default_image

6 years ago

January 9, 2020

आर्मीलाई शीर्षस्थानमा उक्लने मौका

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको अन्तिम तथा चौथो दिन आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दिनको पहिलो खेलमा संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच मध्यान्ह १२ बजे तथा आर्मी र विभागीय त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । साविक उपविजेता संकटालाई लिगमा दाबेदारीता प्रस्तुत गर्न एपीएफविरुद्ध जितको विकल्प छैन । लिगको चौथो चरणसम्म संकटाले एक खेलमा मात्रै जित हात पारेको छ । त्यसैले पनि संकटालाई दवाव बढेको छ । संकटाले ४ खेलमा १ जित, १ बराबरी र २ हारसहित ४ अंक जोडेर १०औं स्थानमा छ ।

पहिलो खेलमा च्यासलसँग २–० ले पराजित संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गरेको थियो । भएको थियो । तेस्रो खेलमा जावलाखेल युथसँग १–१ को बराबरीमा रोकिएको संकटा चौथो खेलमा पुलिससँग २–१ ले पराजित भएको थियो । यता, लिगको शीर्ष ६ भित्र अटाउने लक्ष्य बनाएको एपीएफलाई पनि जितको बिकल्प छैन । लिगमा ४ खेलबाट एपीएफको पनि ४ अंक नै छ । एपीएफ संकटालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

पहिलो खेलमा मनाङसँग २–० गोल अन्तरले पराजित एपीएफ दोस्रो खेलमा भने हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा थ्रीस्टारसँग १–० ले पराजित एपीएफले चौथो राउन्डमा जितको स्वादद निकाल्दा सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

आर्मीलाई शीर्ष स्थानमा उक्लिने मौका
आर्मी लिगको सदावहार दावेदार टोली हो । तर, अहिलेसम्म आर्मीले लिग जित्न सकेको छैन । यसपटक आर्मीलाई लिग स्वर्णिम अवसर छ । उपाधि दावेदारको रुपमा रहने मनाङ र थ्री स्टारले औसतको टोली बनाएको छ । मछिन्द्रले स्टार खेलाडीलाई जमघट गर्दै बलियो टोली बनाएको छ ।

बिहीबार रेलिगेसन जोनमा रहेको सरस्वती युथ क्लबलाई पराजित गर्न सके आर्मी लिगको शीर्ष स्थानमा उक्लने अवसर छ । जित निकाल्न सकेको खण्डमा आर्मीले मनाङलाई १ अंकले पछि पार्नेछ । उपाधि दावेदार मनाङ र मछिन्द्रले अन्तिम खेलमा २–२ को बराबरी खेलेपछि आर्मीलाई शीर्षस्थानमा उक्लने मौका पाएको हो ।

लिगमा ४ खेल खेलेका आर्मीको ९ अंक रहेको छ । पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मीले दोस्रो खेलमा मनाङसँग १–० ले स्तब्ध बन्न पुगेको थियो । आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा थ्री स्टारलाई समान २–० गोल अन्तरले हराएको थियो । दोहोरो पहेलो कार्डका कारण थ्री स्टारविरुद्धको खेल गुमाएका दिनेश हेन्जन टिममा फर्कनेछन् ।

सन्तोष तामाङ, नवयुग श्रेष्ठ, सुमन अर्याल, भरत खवास, जर्ज प्रिन्स कार्की, सेसेहाङ आङदेम्वे जस्ता नाम चलेका खेलाडीको साथ आर्मीलाई छ ।सरस्वती भने रेलिगेशन जोनबाट बच्ने दाउमा छ । लिगमा ४ खेल खेलेको उसले कुनै अंक जोड्न सकेको छैन । रेलिगेशनबाट बच्न सरस्वतीलाई जितको विकल्प छैन । सरस्वती एनआरटीसँग ४–० ले, जावलाखेलसँग १–० ले, पुलिससँग २–० ले तथा एपीएफसँग २–१ ले पराजित भएको थियो ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.