default_image

6 years ago

January 20, 2020

मनाङलाई आयल निगमको प्रायोजन

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबलाई नेपाल आयल निगम (एनओसी) ले मुख्य प्रायोजन गरेको छ । एक वर्षका लागि भएको सम्झौतामा एनओसीले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ ।

एनओसीका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र मनाङका अध्यक्ष छिमि उर्गेन गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गरे । अब क्लबले एनओसी मनाङ मस्र्याङ्दीका नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्नेछ ।

सोही अवसरमा कार्यकारी निर्देशक पौडेलले मनाङका अध्यक्ष गुरुङ प्रायोजनको आधा रकम १७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । क्लबका खेलाडीले प्रायोग गर्ने जर्सी सोही अवसरमा कप्तान कमल श्रेष्ठ र उप कप्तान अन्जन विष्टलाई हस्तान्तरण गरिएको थियो ।

मनाङ अहिले सम्म सर्वाधिक ८ पटक ( २०४३,०२४४,२०४६,२०५७,२०६०,२०७० र २०७५) ए डिभिजन लिगको उपाधि जितेको छ । सर्वाधिक लिग जित्नेमा आरसिटी दोस्रो नम्बरमा छ । ६ पटक ए डिभिजन लिग जितेको आरसिटीले अहिले बी डिभिजनमा छ ।

जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मनाङ १३ अंकसहित तेस्रो स्थानमा छ । जारी लिगमा मनाङ एक मात्र अपराजित टोली हो ।

एनओसीका कार्यकारी निर्देशक पौडेलले निगमको स्वर्ण जयन्ती महोत्सव वर्षमा विभिन्न क्षेत्रमा केहि गर्ने प्रयास स्वरुप मनाङलाई प्रायोजन गरेको बताए । ‘ मनाङको प्रस्तावलाई हाम्रो व्यवस्थापन र सञ्चालक समितिको बैठकेले पास गर्दै प्रायोजना गरेका हौं,’ उनले भने,‘ यो सुरुवात हो । भविष्यमा अन्य खेलमा पनि हामी जाने सम्भावना छ ।’

विगतमा अहिले विभागिय टोलीहरुले जस्तै विभिन्न खेलमा आयल निगमको टोली रहने गरेको स्मरण गर्दै पौडेललले भने,‘ निगमको आफ्नो गर्विलो इतिहास छ । त्यसलाई कायम राख्ने गरि म पछि आउने नेतृत्वले पनि खेलकुदसँग सहकार्य गर्दै जाने विश्वास लिएको छु ।’

मनाङका अध्यक्ष गुरुङले अब दुई संस्था जोडिएपछि दुवैलाई उत्तिकै प्राथमिकतामा राखेर लैजाने वचन दिदै प्रायोजना का लागि आयल निगमलाई धन्यवाद दिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो सम्झौतालाई नेपाली फुटबलको पुर्नजीवनको संकेतका रुपमा लिएको बताए ।

‘आयल निगमले मनाङ जस्तै इतिहासिक टोलीलाई प्रायोजन गरेपछि यसले नेपाली फुटबलमा तरंग ल्याउनेछ,’ उनले भने,‘ मनाङ जस्तो निर्क समर्थक भएको क्लबसँगको सहकार्य नेपाली फुटबलका लागि यो सुखद कदम हो ।’

एनओसी कर्मचारी संघका अध्यक्ष विकास बखतीले घरेलु फुटबलमा इतिहास बोकेको मनाङसँग एनओसीको सम्झौतामा त्यहाँका सबै कर्मचारीको साथ रहेको बताएका छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.