6 years ago
January 22, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रन जोडे । जोनाथन वेल्सले ३६ बलमा ४ चौका र २ छक्का सहित ५५ रनमा अविजित रहँदै टोलीलाई बलियो योगफलमा पुर्याए ।
म्याथ्यू सर्टले १५ बलमा १ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे । फिलिप साल्ट १४ बलमा ४ चौका सहित २२ रनमा आउट भए ।
मेलबर्न स्टार्सका क्लिन्ट हिन्चलिफले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । ग्लेन म्याक्सवेलको नाममा १ विकेट रह्यो ।
सन्दीपले ३ ओभरमा २४ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् । टि ट्वान्टीमा ९८ विकेट लिएका सन्दीपले सय विकेट पुर्याउन अर्को खेल पर्खनु पर्ने भएको छ ।
सन्दीप १० औं ओभरमा बलिङ गर्न आएका थिए । सन्दीपले पहिलो बलमा जोनाथन वेल्सलाई दुई र दोस्रो बलमा एक रन दिए । सन्दीपले तेस्रो बलमा एलेक्स करिलाई एक रन खर्चिए । चौथो बलमा एक रन खर्चिएका सन्दीपले पाँचौ र छैटौं बल डट राखे ।
सन्दीपले १२ औं ओभरमा १३ रन खर्चिए । पहिलो बलमा करी र दोस्रोमा वेल्सलाई एक रन दिए । तेस्रो बलमा सन्दीपलाई करीले चौका प्रहार गरे । चौथो बलमा सन्दीपलाई करिले लङ अनमा छक्का प्रहार गरे । पाँचौ बलमा एक र अन्तिम बल डट राखे ।
सन्दीपले १५ औं ओभरमा रन खर्चिए । पहिलो बलमा वेल्सलाई डट राखेका सन्दीपले दोस्रो बलमा चौका खर्चिए । तेस्रो बल डट राख्दा चौथो बलमा लेग वाईका रुपमा एक रन दिए । पाँचौ र छैटौं बलमा एक रन दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]