default_image

9 years ago

July 7, 2016

धर्मश्री शारीरिक सुगठन विजेतालाई ५ लाख

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धर्मश्री राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता असोजको दोश्रो साता आयोजना हुने भएको छ । शारीरिक सुगठनका अध्येता शहिद धर्म भक्त माथेमाको सम्मानमा २०१० सालमा स्थापित नेपालकै पहिलो सार्वजनिक शारीरिक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा २०४२ साल देखि सुरुवात गरिएको धर्मश्री शारीरिक सुगठन चौधौं धर्मश्रीको रुपमा असोज १३ र १४ गते आयोजना गर्न लागिएको व्यायम मन्दिरले जनाएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा धर्म श्री खुला शारीरिक सुगठनका बारेमा जानकारी दिदै नेपाल व्ययाम मन्दिरका अध्यक्ष नारायण प्रधान (दायाँं) ।

पत्रकार सम्मेलनमा धर्म श्री खुला शारीरिक सुगठनका बारेमा जानकारी दिदै नेपाल व्ययाम मन्दिरका अध्यक्ष नारायण प्रधान (दायाँं) ।

प्रत्येक खेलाडी भित्र एक पटक धर्मश्री हुन लालायित रहने शारीरिक सुगठनकै सम्मानित प्रतियोगितामा करिव ४०० खेलाडीहरुको सहभागिता रहने व्यायाम मन्दिरद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथि गरि ७ तौल समूहमा प्रिजजिङ्ग चरणबाट प्रत्येक तौल समूहबाट २/२ खेलाडी छनोट गरि फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा धर्मश्रीको लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष नारायण प्रधानले जानकारी दिए । करिब ३४ लाख अनुमानित बजेट भएको प्रतियोगितामा धर्मश्री उपाधी प्राप्त गर्ने खेलाडीले नगद ५ लाख, दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ८० हजार, पाँचौंले ७५ हजार, छैटौंले ६० हजार, सातौले ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै तौल समूहमा दोश्रो स्थान हात पार्ने प्रत्येकले नगद २० हजार तथा तेश्रो हुनेले १५ हजार प्राप्त गर्ने छन् ।
पत्रकार सम्मेलनका दौरान शारीरिक सुगठनलाई संरक्षण र सम्वर्धन गर्न सदा लागि पर्ने पूर्व खेलाडीहरु अष्ट्रेलिया निवासी संजीत श्रेष्ठ र हङ्गकङ्ग निवासी लोकेन्द्र परियारलाई प्रशंसा पत्र र खादा आढाई सम्मान गरिएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.