default_image

6 years ago

January 28, 2020

जावलाखेलसँग सचेत आर्मी, सरस्वतीलाई अर्काे मौका

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत नवौं राउन्डको दोस्रो दिन आज दुई खेल हुँदैछ ।

नवौं राउन्डको दोस्रो दिन पहिलो खेलमा यति हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबबीच बिहान ११ः३० बजे तथा प्रभु जावलाखेल युथ क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।

लिगको आठौं राउन्डमा एनआरटीसँग गोलरहित बराबरीसँगै स्पष्ट ३ अंकको अग्रता लिनबाट चुकेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ । लिगको नवौँ चरणको खेल चलिरहदाँ शीर्षस्थानको मछिन्द्रभन्दा एक खेल कम खेलेको आर्मी दुई अंकले पछि छ ।

नाम चलेका खेलाडीको बाहुल्यता रहेको आर्मी जावलाखेललाई पराजित गर्ने लक्ष्यमा हुनेछ । शीर्ष स्थानमा फर्कन उसलाई जावलाखेलविरुद्ध जित्नैपर्ने दवाव छ । भरत खवास, नवयुग श्रेष्ठ, सन्तोष तामाङ र जर्जप्रिन्स कार्की जस्ता खेलाडीले फरवार्ड लाईन सम्हालेपनि सोचे अनुरुपको प्रदर्शन हुन सकेको छैन । दिनेश हेन्जन, सुमन अर्याल, सेसेहाङ आङदेम्वे, बिकेश कुथु र बिकास खवास जस्ता नाम चलेका खेलाडीको आर्मीलाई साथ छ ।

यता, शीर्ष ६ भित्रको लक्ष्य बनाएको जावलाखेलले आर्मीविरुद्ध दबाब विनै मैद्यानमा उत्रने योजना छ । राम्रो शुरुवात गरेको जावलाखेलले मछिन्द्रसँगको हारसँगै लय गुमाउन पुगेको थियो । जावलाखेल आर्मीविरुद्ध आफ्नो रिदम फर्काउने सुरमा हुनेछ ।

दिनकै पहिलो खेलमा शेर्पा र सरस्वतीबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको सरस्वती जितविहिन यात्रालाई पुर्णविराम लगाउदै अंक जोड्ने लक्ष्यमा हुनेछ ।

शीर्ष डिभिजनमा रहिरहन सरस्वतीलाई जितको विकल्प छैन । जितले राहत मिल्नेछ । हारले भने रेलिगेसनको जोखिम बढ्ने छ । सरस्वती पहिलो जितको तथा शेर्पा दोस्रो जितको खोजीमा हुनेछ । शेर्पा ७ अंक जोडेर १२औं स्थानमा छ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.