default_image

6 years ago

February 1, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –पोखरा युथ क्लबले माल्दिभ्समा भएको भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।  शुक्रबार राति भएको खेलमा पोखराले पर्वत युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै  उपाधि जित्न सफल भएको हो । 

 

माल्दिभ्सको मालेमा माघे संक्रान्तिको अवसरमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट पनि २५–२१ ले सहजै आफ्नो पक्षमा पार्दै जिततर्फ अग्रसर बनेको थियो । तर, तेस्रो सेट १७–२५ ले गुमाएको थियो । तर, चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।

आयोजकका बिकास गुरुङले यो उपाधि भर्खरै जन्मिएको छोरीलाई समर्पित गर्न चाहेको माल्दिभ्सबाट हाम्रो खेलकुदलाई जानकारी गराए ।
प्रतियोगितामा ४ टिमको सहभागिता रहेको थियो । चार टोलीले डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.