default_image

6 years ago

March 8, 2020

विपना उपाधिनजिक

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधिनजिक पुगेकी छन् ।

 

सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा आइतबार भएको लिग राउन्डको चौथो खेलमा भावना सुनुवारलाई पराजित गर्दै विपना उपाधिनजिक पुगेकी हुन् । अब विपनाले लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई पराजित गर्न सके उपाधि आफ्नो पक्षमा पार्नेछ ।

उत्कृष्ट प्रदर्शन गरिरहेकी विपनाले शनिबार राष्ट्रिय च्याम्पियन कृष्णा थापाालाई पराजित गरेकी थिइन् । यस्तै पुरुष एकल खुल्लामा नेपाल नम्वर एक अरहान्त केशर सिंह, क्रिस ओ ब्रिन, निक म्यक ब्रेथ र नेपा लनम्वर दुई अमृत थापा मगरले सेमिफाइनलको यात्रा तय गरेका छन् । अरहान्तले बेलयाती आर्मीका पाउल हर्टलीलाई ३–० को सोझो सेटमा हराए ।

 

 

बेलायती आर्मीका क्रिस ओ ब्रिनले नेपालका प्रविन विरसिंह कंसकारलाई ३–१ को सेटमा हराए । बेलायतका निकले नेपालका दीपक थापालाई ३–० को सेटमा तथा नेपाल नम्वर २ अमृतले बेलायती सेनाका पंकज राजलाई ३–० को सोझो सेटमा हराए । सेमिफाइनलमा अरहान्त र क्रिस ओ ब्रिन तथा अमृत र निकबीच प्रतिस्पर्धा हुनेछ ।

मास्टर्स ओपनमा राजेन्द्र शाक्यले पाउल हर्टलीलाई ३–१ को सेटमा तथा फ्रान्सक स्टिभले मार्क होवेललाई ३–० को सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए । नेपालका प्रज्वल प्रधानले नेपालकै लालबहादुर गुरुङलाई ३–१ को सेटमा तथा सुदिप बहादुर सिंहले महेन्द्र महर्जनलाई ३–० को सेटमा हराएर अन्तिम चारको यात्रा तय गरे ।

सोमबार सेमिफाइनलमा राजेन्द्र र स्टिभ तथा प्रज्वल र सुदीपबीच प्रतिस्पर्धा हुनेछ । फाइनल मंगलबार हुनेछ । प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर ४५ वर्ष तथा सो भन्दा माथि गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.