default_image

6 years ago

June 12, 2020

बार्सिलोनाको मास्क सबैभन्दा महँगो

217 views

0 Bookmark

एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिद-१९) संक्रमणबाट जोगिन युरोपका शीर्ष ५ फुटबल लिगका ४९ क्लबहरुले समर्थकलाई आफ्नो क्लबको लोगो अंकित मास्क बेच्न थालेका छन् ।

युरोपमा कोरोना संक्रमणको दर घट्दै गएपछि फुटबल लगायत अन्य खेलकुद गतिविधि पनि सुचारु हुन थालेका छन् । यद्यपि दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल गराइने छ । यसका बाबजुद क्लबहरुले समर्थकमाझ पुग्न अनेक रणनीति अगाडी सारेका छन् । त्यसमध्य एक क्लबको लोगो अंकित मास्क बजारमा तथा अनलाइनमार्फत उपलब्ध समेत गराका छन् ।

स्पेनिस पत्रिका अपुसेटा देपोर्तिभाले गरेको अध्ययन अनुसार अधिकांश शीर्ष क्लबहरुले आफ्नो लोगो अंकित गर्दै मास्क बेच्न थालिसकेका छन् । टोलीअनुसार मास्कको मुल्य भने फरक रहेको छ । क्याटलान क्लब बार्सिलोनाले १८ युरोमा मास्क बेचेको छ । यो नै युरोपको फुटबल टोलीमध्य सर्वाधिक मूल्यको मास्क हो । त्यसपछि पीएसजीले १५ युरोमा बेचिरहेको छ ।

जर्मनीको बायर लेभरकुसन र बोरुसिया मोन्चेन्ग्लाडबाकले भने मात्र २.९९ युरोमा मास्क बजारमा ल्याएका छन् । स्पेनी टोली रियल बेटिसले पनि मात्र ३.९९ युरोमा मास्क उपलब्ध गराएको छ । लिग सुचारु भइसकेको जर्मनीमा १८ मध्य १६ क्लबले मास्क बजारमा ल्याएका छन् । जर्मनीमा शीर्ष श्रेणीका लाइप्जिग र पाडेरबर्नले मात्र मास्क बनाएका छैनन् ।

स्पेनमा ८ क्लबले मास्क बजारमा ल्याएका छन्  । अधिकांश क्लबले एक प्रति भन्दाअनि प्याकेटमा मस्क बेच्न राखेका छन् । इंगलिस क्लब म्यानचेस्टर सिटी, एस्टन भिल्ला र एभरटनले तीन मास्कको प्याकेटलाई १९ युरो लिने गरेका छन् ।

नाम चलेका क्लब र मास्कको मूल्य :

एस्टन भिल्ला – प्रिमियर लिग – १९ युरो (एक प्याकेटमा ३ प्रति)

एभरटन – प्रिमियर लिग – १९ युरो (एक प्याकेटमा ३ प्रति)

म्यानचेस्टर सिटी – प्रिमियर लिग – १९ युरो (एक प्याकेटमा ३ प्रति)

एफसी बार्सिलोना – लालिगा – १८ युरो

अलाभेस – ला लिगा – १५ युरो

रोमा – सिरी ए – १५ युरो

पीएसजी – लिग १ – १५ युरो

एटलेटिको म्याड्रिड – लालिगा – ११.९५ युरो

सेभिल्ला – लालिगा- ९.९ युरो

बायर्न म्युनिख – बुन्डेसलिगा – ८.९५ युरो

लिभरपुल – प्रिमियर लिग – ७.८ युरो

टोटेनहम – प्रिमियर लिग – ७ युरो

इन्टर मिलान – सिरी ए – ६.९ युरो

युभेन्टस – सिरी ए – ६.९ युरो

एसी मिलान – सिरी ए – ६.९ युरो

बायर लेभरकुसन – बुन्डेसलिगा – २.९९ युरो

बोरुसिया मोन्चेन्ग्लाडबाक – बुन्डेसलिगा – २.९९ युरो

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.