5 years ago
June 20, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आज आज राति ३३ औं चरणका सबै खेल हुँदैछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखदेखि रेलिगेसन क्षेत्रमा रहेको पाडेरवर्न सबैले आ–आफ्नो प्रतिद्वन्द्वीसँग खेल्दैछ ।

खेलमा प्रभाव नहोस् भनेर खेलहरु एकै समयमा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखले आठौं स्थानको फ्रेइवर्गसँग प्रतिस्पर्धा गर्दैछ । बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् । डर्टमुन्डले आरबी लाइप्जिगसँग खेल्दैछ ।
आरबी लाइप्जिग, बायर लिभरकुसन र बोरुसिया मोन्चेनग्लाडवाकमध्ये दुई टोलीले अर्काे सिजनको लागि च्याम्पियन लिगको लागि छनोट हुने दौडमा छ । लाइप्जिगलाई अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुन डर्टमुन्डविरुद्ध जितको आवश्यकता छ ।
यस्तै बायर लिभरकुसनले हेर्था बर्लिनको तथा बोरुसिया मोन्चेनग्लाडवाकले पाडेरवर्नको भ्रमण गर्दैछ । पाडेरवर्न रेलिगसेसनमा परिसकेको छ ।

युरोपा लिगको छनोटको दौडमा रहेको वल्फ्सवर्गले साल्केसँग तथा होफेनहाइनले युनियन बर्लिनसँग खेल्दैछ । यस्तै रेलिगेसन जोनमा रहेको फोर्टुना डुुसेलडर्फले अग्सवर्गको तथा वेर्डर ब्रेमेनले मेइन्जसँग प्रतिस्पर्धा गर्दैछ । पाडेरवर्न रेलिगेसनमा परिसकेका कारण अब एक टोली रेलिगेसनमा पर्नेछ । एक टोलीले रेलिगेसनको प्ले अफ खेल्नुपर्नेछ ।
आजको खेलहरु
एफसी कोल्नविरुद्ध आइनट्राख्ट फ्रान्कफर्ट (साँझ ७ः१५ बजे)
बायर्न म्युनिखविरुद्ध फ्रेइवर्ग (साँझ ७ः१५ बजे)
फोर्टुना डुसेलडर्फविरुद्ध अग्सवर्ग (साँझ ७ः१५ बजे)
हेर्था बर्लिनविरुद्ध बायर लिभरकुसन (साँझ ७ः१५ बजे)
मेइन्जविरुद्ध वेर्डर ब्रेमेन (साँझ ७ः१५ बजे)
पाडेरवर्नविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (साँझ ७ः१५ बजे)
आरबी लाइप्जिगविरुद्ध बोरुसिया डर्टमुन्ड (साँझ ७ः१५ बजे)
साल्केविरुद्ध वल्फ्सवर्ग (साँझ ७ः१५ बजे)
होफेनहाइनविरुद्ध युनियन बर्लिन (साँझ ७ः१५ बजे)
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]